२०८२ माघ ७ गते, बुधबार ११:३६

अछाम घटना : चार युनिटबाट अनुसन्धान, एक दर्जन व्यक्ति निगरानीमा

१६ माघ, अछाम । अछाममा दुई किशोरी मृत घटनामा प्रहरीको चार युनिटबाट एकसाथ अनुसन्धान सुरु गरिएको छ । ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का मृत भेटिएको घटनामा प्रहरीका चार युनिटले एकसाथ अनुसन्धान थालेका हुन् ।

स्थानीय प्रहरी तथा जिल्ला प्रहरी कार्यालय अछाम, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गरी चार युनिटले उक्त घटनाको संयुक्त रुपमा अनुसन्धान सुरु गरेका छन् ।

देशभरको अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीबाट इन्सपेक्टर सूर्यबहादुर शाही र वरिष्ठ सई श्रीभक्त श्रेष्ठको टोली अछाम पुगेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन् । यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डीआईजी गणेश चन्द आफैं घटनास्थल पुगेका छन् ।

बुधबार बिहान अछाम पुगेका डीआईजी चन्दले घटनाबारे अनुसन्धानमा भएको प्रगतीको जानकारी लिएका छन् भने प्राविधिक पक्षको विश्लेषण गरिरहेका छन् ।

प्रहरीले किशोरी मृत भेटिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

मृतक किशोरीसँगै गोठालो गएका २० वर्षमुनीका किशोरविरुद्ध मृतकका हजुरबुवा अबि खड्काले कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिएको अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी लिइए पनि किशोरी मृत्युको घटना हत्या हो की भवितव्य ? भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेको छैन । स्रोतका अनुसार प्रहरीको नियन्त्रणमा रहेका किशोरले किशोरीको हत्या गरेको बयान दिएका छन् । उनीहरूले घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको बताएपछि प्रहरीको अनुसन्धान त्यसतर्फ केन्द्रीत छ । मृतकका आफन्तहरूले समेत घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको भन्दै तत्काल पक्राउ गरेर अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

शुक्रबार ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा गोठालो गएकी ढकारी–८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का भोलिपल्ट मृत अवस्था भेटिएका थिए । १५ मिटरको दूरीमा क्षतविक्षत अवस्थामा किशोरीको शव फेला परेको थियो ।

सोही नजिकै माथिबाट ढुंगा समेत खसेको देखिएपछि प्रहरीले सुरुमा घटना भवितव्य भएको आशंका गरेको थियो तर प्रत्यक्षदर्शीले केही व्यक्तिहरूले माथिबाट ढुंगा खसाल्दै गरेको देखेको बयान दिएपछि प्रहरीले गम्भीर रुपमा अनुसन्धान अघि बढाएको थियो । हाल प्रहरीको नियन्त्रणमा रहेका किशोरहरूलाई पनि प्रत्यक्षदर्शीको बयानका आधारमा पक्राउ गरिएको थियो ।

दाहासंस्कार गरियो

मृत दुई किशोरीको आज बुधबार दाहसंस्कार गरिएको छ । अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै मृतकका परिवारले शव बुझेका थिए । त्यसपछि आज बुधबार दाहसंस्कार गरिएको ढकारी–८ का वडाध्यक्ष उद्धवराज उपाध्यायले बताए । ‘दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएपछि दाहसंस्कार गरिएको छ’ उनले अनलाइनखबरसँग भने ।

मृत किशोरीको शव पोष्टमार्टमका लागि नेपालगञ्ज लगिएको थियो । पोस्टमार्टमको प्रक्रिया सकेपछि शव परिवारले बुझेका थिए । पोस्टमार्टमको रिपोर्ट भने आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

यसका साथै रगतको नमुना समेत परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । ‘रगत समेत परीक्षणका लागि प्रहरीकै ल्याबमा पठाएका छौं । त्यसको रिपोर्ट आएपछि त्यसबाट पनि केही तथ्यहरू खुल्न सक्ने आशा गरेका छौं’ उनले भने ।

तीन व्यक्ति हिरासतमा, दर्जन बढी निगरानीमा

प्रहरीले अहिले तीन जना व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । किशोरी हत्या लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले ढकारी गाउँपालिकाकै ३ किशोरलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो ।

तीन जनालाई हिरासतमा लिएर अनुसन्धान गरिए पनि यो घटनामा प्रहरीले एक दर्जन व्यक्तिलाई निगरानीमा राख्दै अनुसन्धान गरेको छ । केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडिएको एक अनुसन्धान अधिकृतले बताए ।

‘सोधपुछ गर्दै छाड्ने युवक तथा किशोरहरूको संख्या एक दर्जन पुगिसकेको छ । अझै एक दर्जन युवकहरू हाम्रो निगरानीमा रहेकाले उनीहरूलाई पनि कार्यालयमा ल्याएर सोधपुछ गछौं’ एक अनुसन्धान अधिकृतले भने ।

प्रहरी हिरासतमा लिएका र किटानी जाहेरी परेका कसैको पनि परिचय खुलाएको छैन । अहिले प्रारम्भिक अनुसन्धाानकै क्रममा रहेकाले घटनाबारे यकिन हुन बाँकी नै रहेका पक्राउ परेकाहरूको परिचय नखुलाइएको अछामका डीएसपी भण्डारी बताउँछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM