२०८३ असार १४ गते, आईतवार ०७:००

दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धि योजना : हकप्रद र बोनस सेयर

१६ माघ, काठमाडौं । सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरुले बीमा प्राधिकरण समक्ष यो वर्ष २० अर्ब चुक्ता पूँजी पु¥याउन नसक्ने स्पष्ट पारेपछि प्राधिकरणले एक वर्षको समयावधि लम्ब्याएको छ ।

पुनर्बीमा कम्पनीहरुले आगामी वर्षको माघ १८ सम्म चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी योजना बुझाएका छन् । योसँगै प्राधिकरणले दुई कम्पनीलाई चुक्ता पूँजी २०–२० अर्ब पुर्‍याउनका लागि एक वर्षको समयसीमा थप गरेको छ।

प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले कम्पनीहरुको पुँजी वृद्धि योजनाअनुसार नै एक वर्षको समयसीमा थप गरिदिएको जानकारी दिए । ‘पुनर्बीमा कम्पनीहरुले यो माघमा पूँजी बढाउन नसक्ने र अर्को माघ महिनासम्म चुक्ता पूँजी पुर्‍याउने योजनासहित प्रतिवद्धता जनाए, त्यसकारण हामीले स्वीकृत गरेका हौं’ उनले भने ।

दुई कम्पनीले आफ्नो योजनामा यस आर्थिक वर्षको नाफाबाट दिने बोनस सेयर र हकप्रद निष्कासनलाई समेत आधार बनाएर पूँजी वृद्धिको योजना पठाएको सुवेदीले जानकारी दिए ।

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ छ । अब नेपाल पुनर्बीमा कम्पनीलाई करिब ६ अर्ब ५८ करोड रुपैयाँ पूँजी थप गर्नुपर्नेछ भने हिमालयनलाई ९ अर्ब ६० करोड थप्नुपर्नेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM