२०८३ असार २० गते, शनिबार ०३:५७

सुनकोशीको नवनिर्मित बेलिब्रिज सञ्चालनमा




उदयपुर । उदयपुर र खोटाङ जोड्ने गाईघाट दिक्तेल सडक खण्डको सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सम्पन्न भएसँगै शनिवारबाट खोटाङ उदयपुर सिधा यातायात सुरु भएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे जोड्ने छोटो दुरीको सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिनटारस्थित मोटरेवल पक्की पुल यस अघि असोज १२ गते आएको भीषण बाढीले भत्काएपछि उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात बन्द भएको थियो ।

फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि विकल्पको रूपमा बेलिब्रिज निर्माण गरि अस्थायी रुपमा खोटाङ र उदयपुर सिधा यातायात सञ्चालनमा ल्याएको हो ।

खोटाङ जिल्ला र उदयपुर जिल्लालाई सिधा यातायात सञ्चालन गराउन फोक्सिङटार बिचमा पर्ने सुनकोशी नदीमा एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँमा आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज प्राइभेट लिमिटेडले बेलिब्रिज निर्माण गरेको सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख डि.ई पशुपति ज्ञवालीले जानकारी दिनुभयो ।

सुनकोशी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले ब्रिजको उद्घाटन गर्नुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM