२०८२ माघ २६ गते, सोमबार २१:१७

तराई भेगमा हुस्सुकुहिरो, किन लाग्छ ? कहिले हट्छ ?

१८ पुस, काठमाडौं । केही दिनयता पूर्वदेखि पश्चिमसम्म तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । हुस्सुकुहिरो लागेकाले केही दिनयता लगातार अधिकतम तापक्रम घटिरहेको छ र बढी जाडो महसुस भइरहेको छ ।

यद्यपि आजसम्म तराई मधेशका जिल्लामा विगतका वर्षमा जस्तो शीतलहर भने सुरु नभएको मौसमविद बताउँछन् ।

महाशाखाका अनुसार अहिले नेपालमा उल्लेख्य मौसमी प्रणाली केही पनि छैन । त्यसैले वर्षा वा हिमपात हुने सम्भावना पनि तत्काल छैन । यद्यपि आज गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ ।

स्थीर वायुमण्डलका कारण तराई मधेशका जिल्लामा लागेको हुस्सुकुहिरो केही दिनसम्म कायमै रहने सम्भावना छ । त्यसपछि पश्चिमी वायुको प्रभावले केही हदसम्म हुस्सु कुहिरो घट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन् ।

हुस्सु/कुहिरो के हो ? यो किन लाग्छ ?

रातिको समयमा जमिन सेलाएपछि बिहान हावाको तापक्रम घट्छ र हावामा पानीका असंख्य कणहरु देखिन्छन् । त्यही नै हुस्सु कुहिरो हो । हुस्सु कुहिरो लाग्दा पारदर्शिता कम हुन्छ अर्थात् हामीले टाढाका वस्तु राम्रोसँग देख्न सक्दैनौं ।

मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा लेखिएअनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।

पूर्वदेखि पश्चिमसम्मको तराईका भूभागहरुमा अहिले कतै हुस्सु र कतै कुहिरो लागेको छ । स्याटेलाइट इमेज हेर्दा नेपालको छिमेकी भारतको उत्तर प्रदेश, बिहार लगायत आसपासका क्षेत्रदेखि नेपालको तराई भूभागसम्मै हुस्सु कुहिरोले ढाकेको छ । त्यसैले बिहानपख पारदर्शिता कम हुँदा सवारी साधनहरु बत्ती बालेर हिँड्नुपर्ने अवस्था छ ।

सामान्यतया वायुमण्डलमा जति माथि गयो त्यति तापक्रम घट्दै जान्छ । हुस्सु कुहिरो हुँदा जमिनको सतहदेखि थोरै माथिसम्म तापक्रम घट्ने र त्यसपछाडि तापक्रम बढ्ने हुन्छ । यो अवस्थालाई मौसमविदहरु ‘इन्भर्जन’ भन्छन् । अहिले इन्भर्जनको अवस्था छ । अर्कोतर्फ वायुमण्डल स्थिर हुँदा र जलवाष्पयुक्त नहुँदा हुस्सु कुहिरो लागेको हो ।

‘जबसम्म वायुमण्डल अस्थिर हुँदैन, तबसम्म ती कुराहरुमा चेन्ज आउँदैन र हुस्सु कुहिरोको अवस्था रहीरहन्छ,’ वरिष्ठ मौसमविद शान्ति कँडेलले भनिन्, ‘त्यसैले विगत एक–दुई दिनयता बाक्लो हुस्सु कुहिरो लागिरहेको छ र अधिकतम तापक्रम घटेकाले जाडो महसुस हुने गरेको छ ।’

अहिले तराईका जिल्लाहरुमा दिनभरी जसो हुस्सु कुहिरो लागिरहेको छ । बिहानतिर लागेको कुहिरो दिउँसोतिर हुस्सुजस्तो हुने, आकाशमा बादल लागेजस्तो हुने र भिजिबिलिटी केही बढ्ने गरेको छ ।

‘एक–दुई दिनपछि हुस्सु कुहिरो कम हुने सम्भावना छ’

एक–दुई दिनपछि भने हुस्सु कुहिरोको अवस्था कम हुने सम्भावना रहेको वरिष्ठ मौसमविद कँडेलले जानकारी दिइन् ।

‘कुनै प्रणाली आएर स्थिर वायुमण्डलाई अस्थीर बनायो भने हुस्सु कुहिरो हट्ने हो,’ कँडेलले भनिन्, ‘जस्तो कि पानी पर्नुपर्यो, हावा चल्नुपर्यो । अहिले चाहिँ पानी पर्ने हावा चल्ने सम्भावना छैन । तर पश्चिमी न्यून चापीय प्रणाली अलिअलि पश्चिमतिर देखिने छ । त्यसले गर्दा आंशिक बादलीको अवस्था हुन्छ र हुस्सु कुहिरो पनि कम हुन्छ ।’

पुस १९ गते शुक्रबारदेखि पूर्वी नेपालका भूभागमा पनि हल्का रुपमा न्यूनचापीय क्षेत्र बन्ने सम्भावना रहेको बताउँदै वरिष्ठ मौसमविद कँडलले भनिन्, ‘त्यसले गर्दा वायुमण्डल अस्थिर भएर हिजो–आजजस्तो दिनभरी हुस्सु कुहिरो रहँदैन ।’

हुस्सु कुहिरो लाग्दा किन जाडो महसुस हुन्छ ?

हुस्सु कुहिरो लाग्दा न्यूनतमभन्दा बढी अधिकतम तापक्रम घट्छ । यसले गर्दा जाडो महसुस हुन्छ । बिहान–बेलुकामा कठ्याङ्ग्रिने जाडो हुने भन्दा पनि घाम देख्न नपाएपछि दिनभरी नै चिसो महसुस भइरहन्छ । हुस्सु कुहिरोले मौसमविदहरुको भाषामा ‘ड्युरनल भेरियसन’मै फेरबदल ल्याइदिन्छ ।

‘अधिकतम तापक्रम र न्युनतम तापक्रममा त्यति धेरै फरक हुँदैन,’ कँडेल भन्छिन्, ‘बिहान चिसो हुन्छ, दिउँसो घाम लाग्छ, तापक्रम बढ्छ, फेरि राति चिसो हुन्छ । यस्तो ड्युरनल भेरियसनमै हुस्सु कुहिरोले चेन्ज ल्याइदिन्छ र मानिसहरुले मुटु खाने जाडो भन्छन् नि हो त्यस्तो खालको जाडो महसुस हुन्छ ।’

हुस्सु कुहिरो लागेका जिल्लाहरुमा अधिकतम ताक्रम लगातार घटिरहेकाले जाडो महसुस भइरहेको छ । काठमाडौं उपत्यकामा भने आज बिहानको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM