२०८३ बैशाख २ गते, बुधबार १०:०६

साढे ५ खर्बको होटल उद्योग, विदेशी लगानी १० अर्बमाथि

१७ पुस, काठमाडौं । नेपालमा १ लाख ४२ हजार २ सय २३ वटा होटल/रेस्टुरेन्ट रहेको सरकारी तथ्यांकले देखाएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बुधबार ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ सार्वजनिक गरेको छ । यी होटलको कुल स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ बराबर रहेको कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए ।

देशभरि रहेका डेढ लाख होटलमध्ये १ हजार १ सय २१ होटलमा पूर्णविदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको देखिन्छ । देशभरि ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । यसरी खुलेको आतिथ्य उद्योगमा साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र राखिएको थियो ।

यसपालि सर्वेक्षणमा भने होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेसको विस्तृत संकलन छ । सोहीकारण यस पटकको सर्वेक्षणलाई पहिलो बृहत सर्वेक्षण भनिएको डा. रेग्मीले जानकारी दिए ।

यो सर्वेक्षणमा शिक्षण संस्थाबाट सञ्चालित छात्राबास तथा कार्यालयभित्रका आवासगृह भने गणना गरिएको छैन । मठमन्दिर, गुम्बा परिसरमा सञ्चालनमा रहेका धर्मशाला र सामूहिक आवासगृह समेत गणनामा छैनन् । यसैगरी सडक पेटी वा खुला स्थानमा सञ्चालित भोजन सेवासम्बन्धी क्रियाकलाप समेत यसमा समेटिएका छैनन् ।

फाइल तस्वीर

यो सर्वेक्षणका लागि कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्‍याएको योगदानको मापन गर्न सहज हुने उनले बताए ।

१ साउन २०७९ देखि ३० असार २०८० सम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्यांक संकलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले जानकारी दिएको छ ।

तथ्यांक अनुसार १० करोडभन्दा माथि स्थायी सम्पत्ति भएका होटल/रेस्टुरेन्ट संख्या ४ सय ९३ छ । जसमध्ये बागमतीमा २ सय १४ छन् । १ करोडदेखि १० करोडसम्म सम्पत्ति भएका होटल ८ हजार ७ सय ३२ छन् । २ लाखभन्दा सानो लगानीमा खुलेका होटल/रेस्टुरेन्ट ६७ हजार ५ सय २१ छन् ।

१ लाख ३७ हजार बढी होटल/रेस्टुरेन्टका मालिक नेपाली

तथ्यांक अनुसार देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७ सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक छन् । जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ ।

नेपाली नागरिकको संयुक्त लगानीमा ३ हजार ३ सय २७ होटल/प्रतिष्ठान सञ्चालनमा छन् । जसमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल/रेस्टुरेन्ट रहेको तथ्यांक छ ।

बुधबार ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक कार्यालय ।

झन्डै ४ लाख स्वरोजगार/रोजगार

होटल/रेस्टुरेन्ट उद्योगले नेपालमा झन्डै ४ लाख मानिसलाई रोजगारी/स्वरोजगारी दिइरहेको सर्वेक्षणमा छ । ३ लाख ८७ हजार ७ सय ४७ जना यो उद्योगमा आबद्ध छन् । व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्ति यसमा समेटिएका छन् ।

रोजगारी मात्र गर्नेको संख्या भने १ लाख ६ हजार ४ सय ५९ छ । प्रतिष्ठानबाट नियमित तलब/ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदारलाई यो सूचीमा राखिएको छ । यसरी रोजगारी गर्नेका लागि प्रतिष्ठानले एक वर्षमा २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् ।

पारिवारिक सदस्य बढी सहभागी भएर चलाएका प्रतिष्ठानमा रेस्टुरेन्ट संख्या अधिक छ । देशभरि १ लाख २६ हजार ८ सय ५९ रेस्टुरेन्ट रहेकोमा २ लाख ४६ हजार ६ सय ८१ जनाले पारिवारिक रूपमा काम गरिरहेको देखिन्छ ।

वार्षिक सवा २ खर्ब लगानी, उत्पादन ३ खर्बमाथि

सर्वेक्षण अनुसार होटल/रेस्टुरेन्टले एक वर्ष अवधिमा २ खर्ब १६ अर्ब ७३ करोड रुपैयाँ बराबर लगानी गरेको देखिएको छ । त्यसबापत होटल–रेस्टुरेन्टले ३ खर्ब २६ अर्ब १ करोड बराबर सेवा उत्पादन गरेका थिए ।

एक वर्षमा होटल/रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा १ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ बराबर मूल्य अभिवृद्धि गर्न सफल भएको देखिएको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा यस क्षेत्रले १.९६ प्रतिशत योगदान गरेको देखिएको छ ।

कुन प्रकारका प्रतिष्ठान कति ?

  • तारे होटल : १२६
  • ताराविहीन/लज : ११,९१९
  • रिसोर्ट : १२६
  • होमस्टे : १,३४५
  • होस्टेल : १,०४७
  • रेस्टुरेन्ट : १,२६,८५९
  • क्याटरिङ/पार्टी प्यालेस : ८०१

बागमतीमा अधिक

प्रदेश अनुसार हेर्दा होटल/रेस्टुरेन्ट संख्या बागमतीमा अधिक देखिन्छ । यहाँ ५२ हजार १ सय २३ प्रतिष्ठान छन् । दोस्रो स्थानमा कोसी छ । जहाँ २५ हजार ८ सय ८७ प्रतिष्ठान छन् । तेस्रो स्थानमा लुम्बिनी छ । यो प्रदेशमा २० हजार १ सय ५८ होटल/रेस्टुरेन्ट छन् ।

त्यस्तै गण्डकीमा १६ हजार ९ सय ७६ प्रतिष्ठान छन् । मधेशमा ११ हजार ७ सय ४०, सुदूरपश्चिममा ८ हजार २ सय २८ र कर्णालीमा ७ हजार १ सय १० होटल/रेस्टुरेन्ट रहेको समेत तथ्यांकले देखाएको छ ।

साढे ५२ हजार होटल/रेस्टुरेन्ट दर्ता नै छैनन्

देशभरि रहेका होटल/रेस्टुरेन्टमध्ये अझै ५२ हजार ४ सय ४४  प्रतिष्ठान दर्ता भएका छैनन् । जसमध्ये ताराविहीन होटल १ हजार ८ सय २ विनादर्ता सञ्चालनमा छन् । ५० हजार ४ सय ५९ रेस्टुरेन्ट समेत दर्ता नभएको तथ्यांकमा छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM