२०८३ बैशाख २ गते, बुधबार ०९:४७

सशस्त्रमा डीआईजीको पदावधि थपाउन ‘चलखेल’

१७ पुस, काठमाडौं । सशस्त्र प्रहरीका चार नायव महानिरीक्षक (डीआईजी)हरूको चार वर्षे पदावधि सकिन पाँच दिन बाँकी छ । अहिलेकै अवस्थामा २२ पुसको मध्यराति १२ बजेबाट सशस्त्रका चार डीआईजीहरू अवकाशमा जाने छन् ।

अवकाश जाने डीआईजीहरूमा नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी छन् ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैछ । यो व्यवस्थाअनुसार उनीहरू २२ पुसमा अनिवार्य अवकाशमा जान लागेका हुन् ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ । (२) उपनियमअनुसार उनीहरूको पदावधि एक वर्ष थप भएमा भने उनीहरूको जागिर थप एक वर्ष लम्बिने छ ।

नियमावलीको यही व्यवस्थाअनुसार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अवकाशमा जान लागेका चारैजनाको म्याद थपका लागि गृह मन्त्रालयमा पठाइसकेका छन् । तर, सरकारले उनको सिफारिसमा कुनै निर्णय गरिसकेको छैन । त्यसैले जसरी पनि पदावधि थपाउन उनीहरू बिदा लिएरै काठमाडौंमा लबिङमा जुटेका छन् ।

आइजीपी सचिवालय स्रोतले अहिलेसम्म सबैको म्याद थपका लागि हेडक्वाटरले सिफारिस गर्दै आएकाले सोहीअनुसार चारजनाको पदावधि थपका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको बताएको छ ।

सशस्त्र हेडक्वार्टरबाट आएको पदावधि थपको सिफारिसको विषय मन्त्रिपरिषद्मा उठिसकेको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा सो प्रस्ताव पेश गरेका थिए । तर, मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको म्याद थप गर्ने/नगर्ने कुनै निर्णय नगरेको एक मन्त्रीले जानकारी दिए ।

‘प्रस्ताव आएको थियो । तर, प्रधानमन्त्रीले यो विषयमा पछि छलफल गरौंला भनेपछि केही निर्णय हुन सकेन,’ मन्त्रिपरिषद्का एक सदस्यले अनलाइनखबरसँग भने । मन्त्रिपरिषद्को नियमित बैठक भोलि (बिहीबार) बस्नेछ । उक्त बैठकले पदावधि थप गर्ने/नगर्ने टुंगो लगाउने बताइएको छ ।

प्रस्ताव पारित भएर म्याद थप भए चार डीआईजीमध्येबाटै सशस्त्र प्रहरी बलले आफ्नो नेतृत्व पाउनेछ । अर्थात, म्याद थपिए उनीहरूमध्ये एकजना संगठन प्रमुख (आईजी)सम्म बन्ने अवस्था रहन्छ ।

सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याले २०८३ वैशाखमा अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ ।

१८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १७ अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि भने गिरी, मगर र नेम्वाङ पालैपालो एआईजी हुँदै एक आईजी बन्ने अवस्था रहन्छ । यो अवस्थामा सि. सं. १, २ का टोलीसमेत आईजी बन्ने अवस्था नभई पदावधिकै कारण अवकाश भइसक्नुपर्ने अवस्था आउँछ ।

सबैभन्दा कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरीमा अहिलेसम्म नेपाल प्रहरी र आर्मीमा भर्ना भएर स्थानान्तरण भएकाहरू मात्रै नेतृत्वमा पुगेका छन् । सशस्त्र प्रहरीमै भर्ना भएकाहरू अहिलेसम्म नेतृत्व तहमा पुगका छैनन् । अवकासमा जान लागेका चार डीआईजीको म्याद थपिए त्यही अवस्थाले निरन्तरता पाउनेछ ।

किनभने, संगठन स्थापना भएको दुई दशकभन्दा बढी समयपछि नेतृत्व तहमा पुग्न लागेका सि. सं. १ ब्याचीहरू डीआईजीबाटै अवकाशमा जानुपर्ने अवस्था आउनेछ ।

अहिले सि. सं. १ का ब्याचीहरू जसरी पनि पदावधि थप गर्न नहुने लविइङमा शक्ति केन्द्र धाइरहेका छन् भने चार डीआईजीहरू जसरी पनि पदावधि लम्ब्याउने ‘चलखेल’मा लागेका छन् । स्रोतका अनुसार यही रस्साकसीका कारण मंगलबारको मन्त्रिपरिषद बैठकले पदावधिका विषयमा कुनै निर्णय गर्न नसकेको हो ।

२६ कात्तिक २०५९ मा भर्ना भएको पहिलो ब्याच सि. सं. १, दोस्रो ब्याच ७ चैत २०५९, तेस्रो ब्याच २९ साउन २०६० छ । अहिले पदावधि थप भए चार/महिनाको अन्तरमा भर्ना भएको तेस्रो ब्याचसम्मको करिअर असर पर्ने भन्दै उनीहरू पदावधि थप गर्न नहुने पक्षमा छन् । जसकारण सि. सं. १ देखि सि. सं. ३ सम्मका ब्याचीहरू चार डीआईजीको पदावधि थप गर्न नहुने पक्षमा छन् ।

यो प्रकरण सशस्त्र प्रहरी संगठनभित्र समायोजित पुस्ता र नयाँ पुस्ता (सशस्त्रमै भर्ना भएको टोली)बीचको प्रतिष्ठाको लडाईंजस्तै भएको छ । स्वच्छ प्रतिस्पर्धा हुनुलाई सामान्य मान्नुपर्ने बुझाई सशस्त्र प्रहरीका पूर्वएआईजी रविराज थापाको छ ।

‘अस्वस्थ प्रतिस्पर्धा, आर्थिक चलखेल भएको छ भने त्यो राम्रो होइन । नत्र फौजमा आफ्नो करिअर हेरेर स्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो’ पूर्वएआईजी थापा भन्छन् । अवकासमा जान लागेका चार डीआईजीको म्याद थप नभएको अवस्थामा भने सशस्त्रमै भर्ना भएका टोलीहरूको करिअरमा असर पर्ने छैन ।

एक वर्ष पदावधि थप्ने व्यवस्था सरकारको मनोमानीमा भर गर्दै आएको छ । सत्तानिकट रहेका तथा रिझाउन सक्नेहरूले यसको लाभ लिँदै आएका छन् । सत्ता रिझाउन नसकेकाहरू पदावधि थप नभएर घर गएको इतिहास सशस्त्र प्रहरीमा छ ।

एक वर्षे पदावधि थप नहुँदा ८ असार २०७८ मा डीआईजी प्रवीण श्रेष्ठ अनिवार्य अवकाशमा गएका थिए । त्यतिबेला प्रधानमन्त्रीमा केपी शर्मा ओली नै दिए । ३० वर्षे सेवा अवधिमा पाँच वर्ष बाँकी नै रहे पनि उनी डीआईजीको चार वर्षे पदावधिका कारण अवकाशमा गएका थिए । सरकारले म्याद थप नगरेपछि उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले पनि सरकारकै निर्णय सदर गरिदिएको थियो ।

पदावधिको म्याद थप गर्ने प्रावधान राख्नुमै गलत मनसाय रहेको बुझाइ पूर्वगृहसचिव उमेश मैनालीको छ । ‘पञ्चायतको पालामा मुख्यसविच, सचिवहरूको पदावधि थप गर्न सकिने व्यवस्था थियो । प्रहरीमा पनि ३० वर्ष सेवा पुगेपछि दुई वर्ष थप्न सकिने व्यवस्था थियो,’ मैनालीले अनलाइखबरसँग भने, ‘तर, यो व्यवस्था राख्दा समानता हुँदैन । आफूनिकटकाको पदावधि थप्ने, अन्यलाई नपथ्ने हुन्छ । यस्ता गलत मनसाय राखेर उल्लेख गरिएका प्रावधानहरू सच्याउनुपर्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM