२०८२ फाल्गुन २८ गते, बिहीबार ०३:२५

द्वन्द्वदेखि शान्तिकालसम्म माओवादी वरिपरि घुमेको शेरादरबार विवाद

१७ पुस, काठमाडौं । नुवाकोटको अठारौं शताब्दीकालीन एउटा दरबार, जसको अनधिकृत भोगचलनसँग जोडिएको प्रकरणमा गणतन्त्रको आन्दोलन चलाउने माओवादीको उच्च नेतृत्व ठोकिन्छ ।

शेरादरबार क्षेत्रमा अचेल कुनै बनिबनाउँ दरबार छैन, बरु प्रयोजनविपरीत भोगचलन गरिएको खेत र केही संरचना छन् ।

जिल्लाको बिदुर नगरपालिका–३ मा रहेको यही शेरादरबार क्षेत्रमा तत्कालीन सशस्त्र विद्रोही माओवादीका एक हुल कार्यकर्ताहरु १२ पुस २०५९ को एकाबिहानै प्रवेश गरे ।

माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला थियो । पृथ्वीनारायण शाहले शीतकालीन दरबारको रुपमा प्रयोग गरेको भवनमा पुग्नेवित्तिकै कार्यकर्ताहरुले आगो लगाए । केही संरचना भत्काएर हिँडे । इतिहासले शेरादरबार क्षेत्रलाई १८औं शताब्दीतिर फर्काउने भए पनि त्यसबेला यो संरचना व्यवसायी नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठसहितका व्यक्तिहरुले चलाएको कम्पनीको नाममा थियो ।

प्रधान त पाँच वर्षअघि हृदयघातका कारण वितिसकेका छन्, तर उनी निकटस्थहरुका अनुसार, त्यसबेला दरबारमा चन्दा माग्दै माओवादी कार्यकर्ताहरु पुग्ने गरेका थिए ।

सुरुमा प्रधानले धेरथोर रकम दिएर माओवादी पन्छाउँदै आएका थिए, पछि निरन्तरता नदिँदा कार्यकर्ताहरुले आगो लगाएको उनी निकटस्थहरुको दाबी छ ।

त्यसबेला माओवादी आक्रमणबाट दरबार, त्यसभित्र रहेका टीभी, फर्निचर, लत्ता कपडा, जिन्सी र नगद गरी जम्मा ७५ लाख रुपैयाँ बराबरको क्षति पुगेको भन्दै अन्नपूर्ण फार्मिङ प्रा.लि. चलाइरहेका प्रधान लगायतले सरकारसमक्ष क्षतिपूर्तिका लागि मागदाबी पेश गरेका थिए ।

अनलाइनखबरलाई प्राप्त कागजात अनुसार, ५ चैत २०७२ मा कम्पनीको साधारणसभाको निर्णय र शेयर खरिद बिक्री भएर नयाँ शेयरधनीका रुपमा विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र ध्रुवलाल श्रेष्ठको प्रवेश भएको देखिन्छ

उनीहरुले जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा दिएको निवेदन अनुसार, तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला क्षतिपूर्ति समितिको बैठकले १३ लाख रुपैयाँ दिन सिफारिस पनि गरेको थियो ।

चार वर्षपछि ५ मंसिर २०६३ मा शान्ति सम्झौता गरेर विद्रोही माओवादी मुलधारमा आयो । शेरादरबार भने माओवादीको छायाँबाट मुक्त हुन सकेन ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएको तेह्र वर्षपछि कुनै बेला सुप्रिम कमाण्डर प्रचण्डको स्वकीय सचिव भएर बसेका विकेश श्रेष्ठ यो जग्गामा जोडिए ।

श्रेष्ठ माओवादीको चुनवाङ बैठकबाट केन्द्रीय सदस्य समेत बनेका थिए । यद्यपि, पछिल्लो समय उनी पार्टीमा निष्कृय जस्तै थिए ।

माओवादीसँग जोडिएको पृष्ठभूमिका कारण शेरादरबारबारे चर्चा भइरहँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै झापा पुगेर १२/१५ वर्ष अगाडि पार्टी छाडिसकेको व्यक्तिको जग्गालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रचण्डको दाबी छ, ‘…माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर नुवाकोटको शेरादरबारको कुरा ल्याइएको छ, योभन्दा लाजमर्दो र बेइमानपूर्ण कुरा केही हुन सक्दैन ।’

विकेश श्रेष्ठ, पूर्वमाओवादी नेता

तर, माओवादीमा संलग्नता, प्रचण्ड परिवारसँगको निकटता, भक्तपुर, सिन्धुली, चितवन हुँदै काठमाडौं आएको पारिवारिक पृष्ठभूमिबीच नुवाकोटको शेरादरबारमा पुगेका कारण धेरैले श्रेष्ठमाथि शंका गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गृह मन्त्रालयमा गरेको रिपोर्टिङमा त श्रेष्ठलाई प्रचण्डको ‘साढुभाइ’का रुपमा उल्लेख गरिएको छ । प्रहरीले प्रचण्ड पत्नी सीता दाहाल समेत नुवाकोटको शेरादरबार क्षेत्रमा पुगेको भन्दै २०७५ सालमा प्रकाशित समाचारहरु समेत संकलन गरेको छ । यिनै पृष्ठभूमिमा श्रेष्ठमाथि प्रश्न उठिरहेको हो ।

तर, विकेशका छोरा मनोबल भन्छन्, ‘मेरो आमाको नाम सीता न्यौपाने हो, सीता–सीता भएकै कारणले मात्र प्रचण्डको साढुभाइ भन्दै प्रचार गरियो ।’

पहिले बुबा विकेशले माओवादी पार्टीमा काम गरेको भए पनि प्रचण्डसँग पारिवारिक नाता नभएको उनको दाबी छ ।

भक्तपुर पुर्ख्यौली घर भएका श्रेष्ठको शेरादरबार कनेक्सन

शेरादरबारमा अहिले किन विवाद निस्किइरहेको छ ? यो जान्नलाई पञ्चायतकालतिर फर्किनुपर्छ, जतिबेला राजा महेन्द्रले भूमि सुधार ऐन ल्याएका थिए । २०२१ सालमा यो ऐन आएपछि जग्गामा हदबन्दी लागू भयो ।

त्यसबेला शेरादरबार क्षेत्रको जग्गा पृथ्वीनारायण शाहको सम्पत्तिका रुपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी छोरी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो । स्थानीयबाट समेत खरिद गरेको गरेर तत्कालीन अधिराजकुमारी हेलेन र विजयाको नाममा १८४ रोपनी ४ आना १ पैसा जग्गा कायम भएको देखिएको थियो ।

तर, त्यसबेला हेलेनले १२ रोपनी र जयन्तीले ६ रोपनी ९ आना जग्गा राखेर बाँकी १६४ रोपनी १३ आना २ पैसा १ दाम जग्गा भूमिसुधार छल्न गौरीशंकर फार्मिङको नाममा ल्याएको देखिएको छ ।

ऐनअनुसार हदबन्दीभन्दा बढी रहेको जग्गा कृषि, उद्योग लगायतको प्रयोजनका लागि दिने व्यवस्था थियो । त्यसअनुसार हदबन्दीभन्दा बढी जग्गा राख्नलाई शाहद्वयले गौरीशंकर फार्मिङ प्रा.लि. खोलेका थिए । कम्पनीको कार्यालय रहने गरी आधुनिक ढंगबाट कृषि, प्रशोधन र उत्पादन गर्न व्यवसाय सञ्चालन गर्ने उद्देश्य रहेको त्यसबेलाको प्रबन्ध पत्रमा उल्लेख छ ।

‘विभिन्न व्यक्तिहरुको नाउमा दर्ता भएको साना, मझौला, ठूला कित्ता लगायतलाई एकैठाउँमा मिलाई आधुनिक ढंगबाट सहकारिताको सिद्धान्त अपनाइ विभिन्न खाद्य वस्तुको उत्पादन र प्रशोधन गरी कृषि उद्योगको व्यवसाय लगाउने’, कम्पनीको उद्देश्यमा भनिएको छ, ‘असल जातको गाइ भैंसी खरिद गर्ने, झिकाउने, पालनपोषण गर्ने, जातजातका बच्चा कटाउने, घ्यू, नौनी, दूध जम्मा गर्ने, दही, क्रिम लगायत विक्री वितरण गरी काम गरिनेछ ।’

त्यसबेलाको फर्ममा कुखुरादेखि सुँगुर पालन गर्नेसम्मका उद्देश्य प्रबन्ध पत्रमा उल्लेख छ । तर, त्यसबेला कृषि सम्बन्धी काम भए/नभएको खुल्दैन । बरु ११ असार २०४४ सालमा गौरीशंकर फार्मिङबाट कम्पनीको नाम नै परिवर्तन गरेर अन्नपूर्ण बनाइएको भेटिएको छ ।

‘कम्पनीको नाम परिवर्तन गरेको देखिन्छ, तर त्यसबेलाको विस्तृत कागजातहरु भेटिएको छैन’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।

नाम परिवर्तनपछि शेरादरबारको जग्गालाई हाल दरबारमार्गमा रहेको होटल अन्नपूर्णको ‘किचन गार्डेन’का रुपमा प्रयोग गरेको देखिन्छ । पछि २०५२ सालमा शाहद्वयको नाममा रहेको कम्पनीको सम्पूर्ण शेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी प्रधान र सोहिनी श्रेष्ठको नाममा हस्तान्तरण गरेको खुलेको छ ।

२०६६ सालमा शेयर बिक्री लिखतबाट ध्रुवलाल र रजनी श्रेष्ठलाई शेयर धनीका रुपमा थप गरेको देखिएको छ । पछि २०६६ सालमा यसमा भुवनलाल राजभण्डारी समेत शेयर धनीका रुपमा थप भएको भेटिएको छ ।

यसपछि चाहिँ शेरादरबारमा पूर्वमाओवादी नेता विकेश श्रेष्ठको प्रवेश भएको देखिन्छ । अनलाइनखबरलाई प्राप्त कागजात अनुसार, ५ चैत २०७२ मा कम्पनीको साधारणसभाको निर्णय र शेयर खरिद बिक्री भएर नयाँ शेयरधनीका रुपमा विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र ध्रुवलाल श्रेष्ठको प्रवेश भएको देखिन्छ ।

त्यसबेला जग्गाको मूल्यांकन समेत जोडेर प्रति शेयर १ लाख १८ हजार ७३३ रुपैयाँ ५१ पैसा कायम गरिएको देखिएको छ । २०७२ सालमा सुमन पारिक समेत नयाँ शेयर धनीका रुपमा भित्रिएको देखिन्छ ।

तर, १० मंसिर २०८० मा ती शेयरधनीमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी मात्र बाँकी रहेका छन् भने उनका छोरा मनोबल श्रेष्ठ थपिएका छन् । सूर्यवंशी समेत उनीहरुका आफन्त हुन् ।

प्रयोजन विपरित भोगचलन गरेको प्रहरी निष्कर्ष

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, १२ भदौ २०८१ मा शेरादरबार र त्यसले चर्चेको जग्गामा अनियमिता भएको भन्दै बेनामे उजुरी प्रहरी कहाँ आएको थियो । त्यसक्रममा प्रहरीले शेरादरबारबारे प्रकाशित पुराना समाचारहरु समेत संकलन गरेको थियो ।

त्यसक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग समेत समन्वय गरेर बुझ्दा प्रहरी स्थलगत जाँच गर्ने निष्कर्षमा पुगेको थियो । त्यसक्रममा भूमि मन्त्रालयमा भएको छलफल समेतलाई आधार बनाएर सीआईबी र मन्त्रालयको संयुक्त टोली स्थलगत जाँचमा गएको एक प्रहरी अधिकृत बताउँछन् ।

यसरी नुवाकोट पुगेको टोलीले मालपोत र नापी कार्यालयबाट ट्रेस नक्सा, फिल्ड बुक, स्रेस्ता लगायतका कागजात लिएर जग्गा भएको स्थानमा पुगेको थियो । त्यसक्रममा पहिले जे प्रयोजनका लागि हदबन्दीभन्दा बढी जग्गा लिइएको थियो, त्यो अनुसार प्रयोग नभएको भेटिएको सीआईबी स्रोत बताउँछ ।

‘केही स्थानमा खेती गरेजस्तो देखिए पनि धेरै जग्गामा त्यत्तिकै छन्, बरु प्लटिङ गरेर विक्री गर्न खोजेको सूचना पाएका छौं’, सीआईबीका एक अधिकृतले भने, ‘जग्गा विक्री गर्न भनेर पैसा उठाएको समेत सूचना थियो, तर त्यस्ता व्यक्ति फेला पार्न सकिएन ।’

शेरादरबारको जग्गा प्लटिङ गरेर विक्री गर्न खोजिएको भन्दै २०७५ सालमा यसमा माओवादीको विप्लव समूह समेत जोडिएको थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले भूमिगत भएका बेला २०७५ सालमा स्थानीयबाट गुनासो आएको भन्दै दरबारको जग्गा आफ्नो झण्डा गाडेको थियो । ‘त्यसबेला विप्लव समूहले त्यहाँ एउटा बोर्ड समेत राखेर यो जग्गा भू–माफियाको कब्जामा छ भनेर लेखेको पाइएको छ’, प्रहरी स्रोतले भन्यो, ‘हामीले त्यसबेलाका तस्वीर र विज्ञप्तिहरु पनि संकलन गरेका छौं ।’

शेरादरबार क्षेत्रमा बनाइएको संरचना ।

प्रहरीका अनुसार, पहिले त्यो जग्गामा कृषि क्याम्पस पनि खोलेको पाइएको छ । यद्यपि, कलेज राम्ररी नचली बन्द भएको देखिएको छ । ‘खेती गर्ने भनिए पनि त्यससम्बन्धी कामहरु भएका देखिँदैनन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बरु कम्पनीमा सञ्चालकहरु भने बेलाबेला हेरफेर गर्ने काम भइरहेको देखिन्छ ।’

यी विषयहरुलाई आधार बनाएर हदबन्दीबाट बढी राखिएको जग्गा प्रयोजन विपरीत प्रयोग भइरहेको निष्कर्ष प्रहरीले निकालेको छ । त्यसैले शेरादरबारको १६४ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन सीआईबीले सिफारिस गरेको छ ।

सीआईबीले चार महिना लामो अनुसन्धानपछि श्रेष्ठ सञ्चालक रहेको कम्पनीको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई गएको शुक्रबार प्रतिवेदन बुझाएको हो ।

‘हामीले भूमि मन्त्रालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रतिवेदन बुझाएका छौं, जग्गा फिर्ता ल्याउने सम्बन्धी अन्तिम निर्णय मन्त्रालयबाटै हुन्छ’, ब्यूरोका एक उच्च अधिकृतले भने, ‘यसमा संलग्न देखिएका कर्मचारी लगायतलाई कारबाही गर्ने काम अख्तियारबाट हुन्छ ।’

पछि ठगी वा कीर्ते देखिए प्रहरीबाट समेत अनुसन्धान हुने ती अधिकृत बताउँछन् ।

मनोबल श्रेष्ठको प्रश्न – राजनीति छाडेर व्यवसाय गरेर खान्छु भन्न नपाउनु ?

प्रहरीले प्रयोजन विपरित जग्गा भोगचलन गरेको बताए पनि अन्नपूर्ण फार्मिङका सञ्चालक मनोबल श्रेष्ठ मान्न तयार छैनन् । आफूहरुले अहिले नुवाकोटमा खेती गरिरहेको भन्दै त्यहाँ पुगेर हेर्न उनी चुनौती दिन्छन् ।

पूर्वमाओवादी नेता विकेश श्रेष्ठका छोरा मनोबलको भनाइमा, बैंक ऋण र व्यवसायी समेत रहेका आफन्त अजय सूर्यवंशीको लगानीमा उनीहरुले अन्नपूर्ण कम्पनी खरिद गरेका थिए ।

‘पार्टीबाट निष्कृय भएपछि बुबाले कृषितिर लाग्ने भन्नुभयो, त्यसका लागि उर्वर जमिनको खोजीमा थियौं’, बुधबार मनोबलले अनलाइनखबरसँग तर्क गरे, ‘काठमाडौंबाट नजिक कहाँ छ भनेर खोज्दै जाँदा नुवाकोटसम्म पुगेका थियौं, त्यसबेला दरबारको कुरै थिएन । बगैंचा भनिएको थियो ।’

श्रेष्ठलाई हामीले सुरुमा सोधेका थियौं – भक्तपुर पुर्ख्यौली, पछि सिन्धुली हुँदै काठमाडौं आएको परिवार कसरी एकाएक कृषि गर्न भन्दै नुवाकोट पुग्यो ?

मनोबल : बुबाले पार्टी छाडेर अब कृषितिर लाग्छु भन्नुभयो । त्यसका लागि हामीलाई उर्वर जमिन चाहिएको थियो । काठमाडौंबाट नजिक कहाँ छ भनेर खोज्दै जाँदा हामीले नुवाकोट फेला पार्‍यौं ।

हामीलाई त्यसबेला शेरा बगौंचा भनेर आएको थियो, त्यो पनि खोला किनारसँग जोडिएको जमिन थियो । भोलि कुलोबाट पानी ल्याउन सकिएन भने पम्पिङबाट पनि खोलाको पानी जग्गामा ल्याउन सकिन्छ भन्ने लाग्यो । त्यस हिसाबले हामीले त्यो जग्गा किन्न खोजेका थियौं, अरु केही पनि थिएन । नत्र, त्यहीँ सम्पत्ति किन्नलाई कुनै मनसाय थिएन ।

नुवाकोट नै रोज्नुको कारण चाहिँ ?

नुवाकोेटसँग सम्बन्ध नै त थिएन । तर, जहाँको मान्छे, त्यहीँ मात्र व्यवसाय गर्न पाइन्छ भन्ने भएको भए त्यहीँबाट गथ्र्यौं होला । तर, कम्पनी लिने बेला हाम्रो बसाई बुढानिलकण्ठ थियो ।

त्यहाँबाट छोटो कहाँ पर्छ भन्दै हेर्दा नुवाकोट पुगेका थियौं । बाइकमा जाँदा पनि एक/डेढ घन्टामा पुगिने स्थान हो । बनेपातिर जाँदा जामदेखि अरु समस्या हुन्थ्यो । त्यसैले नुवाकोट सहज हुन्छ भनेर छानेका थियौं ।

तपाईंहरुले २०७२ सालमा नरेन्द्रलाल प्रधान लगायतबाट कम्पनी किन्नुभएको रहेछ, कसरी त्यहाँसम्म जोडिनुभयो ?

त्यो ब्रोकरहरुले ल्याएर जोडेका हुन् । अरु केही होइन ।

पहिले माओवादी द्वन्द्वमा शेरादरबार ध्वस्त पारिएको थियो, तपाईंको बुबा पनि माओवादी नेता । प्रचण्डसँगको निकटताका कारणले तपाईंहरु नुवाकोट पुग्नुभयो भन्ने छ नि ?

राजनीति गर्नेले व्यवसाय गर्न पाइँदैन भन्ने कानून बनिदिएको भए सबैभन्दा सहज हुन्थ्यो होला । राजनीति गर्नेले मागेर खानु हुन्न भने कमाएर खानु नै उपयुक्त हुन्छ होला ।

त्यो कारणले गर्दा बुबाले राजनीतिमा आफू पदमा रहिनसकेको अवस्थामा, पद छाडिसकेपछि म व्यवसाय गरेर खान्छु भनेर ऋण लिएर किनेको सम्पत्तिलाई अहिले प्रोपागाण्डाका रुपमा प्रयोग गर्न खोजियो ।

कतिपयले तपाईंहरुको आर्थिक स्रोतमाथि पनि प्रश्न गरेका छन्, तपाईंहरु जुन पृष्ठभूमिमा आउनुभयो, यति ठूलो परिणाममा खरिद गर्ने स्थितिमा कसरी पुग्नुभयो ?

मेरो फूपूको छोरा, दाइ हुनुहुन्छ (अजय सूर्यवंशी) हामीले उहाँसँग ऋण लिएको हो । उहाँ चाहिँ प्लेटेड गहनाको कारोबार गर्नु हुन्थ्यो । यो आजको कुमारी बैंकको पनि ऋण लिएर किनेको हो । अहिले पनि त्यो ऋण छ । तिर्न गाह्रो–गाह्रो भएर अहिले पुस मसान्तको पत्र आएको छ । यो विवाद भएपछि झन् पत्र आउने भइ नै हाल्यो । एग्रोबाटै अगाडि बढाएर ऋणलाई तिर्दै तिर्दै आएको अवस्था हो ।

नुवाकोटमा तपाईंले केको खेती गर्नुभयो ?

सुरुमा हामीले ब्ल्याक राईसको खेती गरेका थियौं । मेवा प्रयास गरे पनि राम्रो भएन । त्यसपछि हामीले हाइब्रिड धानहरुमा काम गरेका थियौं । तर, त्यो पनि त्यति राम्रो नभएपछि फर्किएर स्थानीय मनभोग धान लगाएका थियौं ।

धेरै फले पनि नफले पनि त्यसले कम्पनीको आर्थिक अवस्था विगार्दैन भन्ने लाग्यो । उत्पादन राम्रो भयो भने क्षतिलाई कम गथ्र्यो । किनभने, त्यसको रेट हाईब्रिडभन्दा राम्रो थियो । त्यसैले अहिलेसम्म हामीले धान मनोभोगमा खेती गरिरहेका छौं ।

हामी कहाँ मकै, तोरी हुन्छ, त्योसँगै मौसमी तरकारी पनि लगाउँछौं । अहिले एभोकाडो पनि हुन्छ कि भनेर प्रयास गरिरहेका छौं ।

तर, प्रहरीले स्थलगत जाँच गरेर हदबन्दी बढी लिएको जग्गामा प्रयोजन विपरितको काम गर्नुभयो भनेको छ । कृषि भएको देखिएन भनेको छ, सीआईबीले जफत गर्न सिफारिस पनि गरेको छ नि ?

हदबन्दीभन्दा बढी जग्गा प्रयोजनभन्दा बाहिर जाने हो भने कानून सम्बोधन हुने होलान् । तर, हामीले कृषि गर्न लिएका थियौं, त्यो आज पनि गरिरहेका छौं, त्यसैले समस्या छैन भन्ने मलाई लाग्छ ।

तपाईं अहिले पनि जानुभयो भने त्यहाँ कुखुरा फार्म गर्नलाई बनाएको संरचना देख्नु हुन्छ । बीचमा टिनले बनेको कामदारहरु बस्ने सानो टहरो छ । त्योसँगसँगै एउटा घर गोदाम र हामी जाँदा बस्नलाई बनेको छ । त्यो पनि फर्निस्ड छैन ।

अर्को देब्रे साइडमा गाई पालनाका लागि बनेको सेड देख्नुहुन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM