२०८२ फाल्गुन २४ गते, आईतवार १६:२१

स्युचाटार क्रिकेट लिग : मिक्समान्डु र सीईसी क्‍वाटरफाइनलमा

१६ पुस, काठमाडौं । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न भएका छन्।

काठमाण्डौ स्युचाटार स्थित तारकेशवर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न आजका सातवटा खेलहरुमा टिम बिडीएस, तारकेश्वर युथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समान्डु विजयी भएका छन्।

आजको पहिलो खेलमा समुह ‘सी’ अन्तर्गत टिम बिडिएसले स्याङ्जा एभेन्जर्सलाई चार विकेटले पराजित गर्‍यो। ७९ रनको लक्ष्य पछ्याउने क्रममा टिम बिडिएसले चार विकेट गुमाएर ९ दशमलव ३ ओभरमा लक्ष्य पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले २९ रन बनाए। सबै ४ खेलमा जित पछि टिम बिडीएस समुह विजेताको रुपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ भने सबै ४ खेलमा पराजित स्याङ्जा बाहिरिएको छ।

दोस्रो खेलमा समुह ‘ए’ अन्तर्गत तारकेश्वर युथ क्लबले हसनटार युथ क्लबलाई ११ रनले पराजित गर्‍यो। ५० रनको लक्ष्य पाएको हसनटारले ३८ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित दीपक रेग्मीले तीन विकेट लिए।

तेस्रो खेलमा समुह ‘डी’ अन्तर्गत थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई सात विकेटले पराजित गर्‍यो। ५६ रनको लक्ष्य थानकोटले ३ दशमलव २ ओभरमा विकेट नगमाई पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित थानकोटका प्रनिश श्रेष्ठले २४ रन बनाए। दुवै टिम यस अघिनै समुह चरणबाट बाहिरिसकेका छन्।

आजको चौथो खेलमा समुह ‘सी’ अन्तर्गत हिमालयन क्रिकेट एकेडेमीले स्याङ्जा वारियर्सलाई चार विकेटले पराजित गर्‍यो। ५२ रनको लक्ष्य हिमालयन क्रिकेट एकेडेमीले आठ दशमलव ४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित जयन्त बिष्टले एक विकेट लिनुको साथै १७ रन बनाए।

पाँचौं खेलमा समुह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)ले चक्रवर्ती ल कलेजलाई ५० रनले पराजित गर्‍यो। ८७ रनको लक्ष्य पछ्याउने क्रममा चक्रवर्ती ३६ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका राज बमले तीन विकेट दिनुको साथै १४ रन पनि बनाए। जितपछि क्रिकेट एक्सिलेन्स सेन्टर तिनवटै खेलमा जितको साथ क्वार्टरफाइनल पुगेको छ।

छैटौँ खेलमा समुह ‘डी’ अन्तर्गत मिक्समाण्डुले थानकोट वारियर्सलाई १५ रनले पराजित गर्‍यो। ५३ रनको लक्ष्य पछ्याउने क्रममा थानकोट वारियर्स ३७ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका नवीन यादवले १४ रन बनाउनुको साथै दुई विकेट पनि लिए। समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी समुह विजेता र मिक्समान्डु समुह उपविजेताको रुपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।

आजको सातौं खेलमा समुह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)ले हसनटार क्लबलाई ४८ रनले पराजित गर्‍यो। ९४ रनको लक्ष्य पछ्याउने क्रममा हसनटारले ४५ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित राज बमले ४० रन बनाए। हसनटार ४ खेलमा १ मात्र जितपछि क्‍वाटरफाइनल दौडबाट बाहिरिएको छ।

पाँचौ दिनको खेलपछि हालसम्म समुह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी), समुह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समुह ‘सी’ बाट टिम बिडीएस, समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्‍वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिता अन्तर्गत छैटौं दिन बुधबार पनि लिग चरणका ६ वटा खेलहरु हुनेछन्। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM