२०८२ माघ २६ गते, सोमबार १२:११

च्याम्पियन पुलिस अन्तिम खेलमा पराजित, एनआरटी उपविजेता

१६ पुस, काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिगको च्याम्पियन नेपाल पुलिस क्लब अन्तिम खेलमा पराजित भएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई एनआरटीले २-१ ले पराजित गरेको हो । पुलिसलाई हराएपछि एनआरटी लिगमा उपविजेता बन्यो ।

डबल राउण्ड रोविनको आधारमा भएको लिगमा पुलिसले २२ खेलबाट ४८ अंक जोडेर च्याम्पियन बन्दा एनआरटीले समान खेलबाट ४७ अंक जोड्यो । यसअघि नै उपाधि होडबाट बाहिरिसकेपनि एनआरटीले जितपछि उपविजेता बनेको हो ।

च्याम्पियन पुलिसले ट्रफीसहित नगद १ लाखर उपविजेता एनआरटीले नगद ५० हजार प्राप्त गर्‍यो ।

कप्तान सुवास बमले खेलको नवौं मिनेटमा गोल गर्दै पुलिसलाई सुरुमै अग्रता दिलाएका थिए । तर पुलिसले त्यो अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्जुरी टाइममा पुकार गोलेले एनआरटीका लागि बराबरी गोल फर्काए । ५४औं मिनेटमा अर्जित तामाङले गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । त्यही गोल नै एनआरटीको जितमा निर्णायक बन्यो ।

मंगलबारै भएको खेलमा संकटा क्लबले एपीएफलाई ३–१ ले पराजित गर्‍यो ।

च्याम्पियन पुलिसका कप्तान सुबास बामले २४ गोलसहित सर्वाधिक गोलकर्ताको पुरस्कार पाए ।

संकटा क्लबका कृष्ण बहादुर आले मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै थ्री स्टार क्लबका आयुष्मान लो तामाङ बेस्ट गोलकिपर घोषित भए । व्यक्तिगत उत्कृष्टले जनही १५ हजार प्राप्त गरे ।

तस्बिर: एन्फा

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM