२०८२ कार्तिक ३० गते, आईतवार ००:५३

थापाथली चेस पार्क क्लबलाई राष्ट्रिय टिम चेस उपाधि

१६ पुस, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनल प्रतिस्पर्धामा थापाथली चेस पार्क क्लब विजयी भएका छन्।

नकआउट समिकरणमा पूर्व विजेता दोलखा चेस होमलाई सहज रुपमा पञ्छाएका थापाथली चेस पार्कले फाइनल खेलमा ललितपुर स्पोर्ट्स क्लब माथि कठीन जीत प्राप्त गरेका छन्। चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्‍यापिड चरण सम्म धकेल्न सफल बने।

क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा टुङ्गिएको थियो। पहिलो वोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारी स्पोर्ट्स क्लबका सिएम सजिन महर्जनसँग हार व्यहोरे भने चौथो वोर्डको स्पर्धामा नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपाली सित पराजित हुन पुगिन्।

टिम गेममा चेस पार्कले २ अंग गुमाउदाको दबाब झेल्दै दोश्रो वोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित गर्ता गरि १ अंकको खाता खोले भने तेश्रो वोर्डमा आशीष फूँयालले रिसोन थापा विरुद्ध टाइम आउट गराउदै टिमको स्कोर २-२ बनाए।

लगत्तै प्रतिस्पर्धा र्‍यापिड चरणका प्रवेश भएको थियो। जहाँ रिजेन्द्र राजभण्डारी पुन: सजिन सँग पराजित भए। चेस पार्कका अन्य खेलाडी सुशील चौधरी, आशीष फुयाल र सिन्दिरा जोशीले आ-आफ्नो खेल जितेर ३ – १ अंकको स्कोर बनाउदै उपाधि जित्नमा योगदान पुर्‍याउन सफल बने।

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न सातौं संस्करणको राष्ट्रिय क्लब टिम प्रतियोगिताको विजेता बनेसंगै थापाथली चेसपार्क क्लब हाट्रिक सहित तेस्रोपटक च्याम्पियन भएका छन्। चेस पार्कले नगद २ लाख पुरस्कार प्राप्त गरे। प्रतिस्पर्धामा आयोजक ललितपुर स्पोर्ट्स क्लब उप विजेता बनेका छन्। क्लबले १ लाख २० हजार नगद पुरस्कार हात पार्न सफल भएका छन्।

प्रतियोगिताको उच्च वरियता ललितपुर महानगरपालिका टिमले तेस्रो स्थानमा रहदै नगद ६० हजार प्राप्त गरेका छन् भने चौथो स्थान ओगटेका पूर्व च्याम्पियन दोलखा चेस होमले नगद ४० हजार हात पार्न सफल बनेका छन्।

यसैबीच आज सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङले विजेता क्लबलाई शील्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरेका छन्।

समापन समारोहमा मन्तव्य व्यक्त गर्दै घिसिङले नेपाली खेलकुद नेपाल सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले प्रदान गर्ने कुनै पनि निर्देशन सबैले नि:शर्त पालना गर्नु पर्ने धारणा राखे।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM