२०८३ असार २५ गते, बिहीबार ०२:२६

खुर्सानीको बोरामा लागुऔषध तस्करी, १७८३ फाइल लागुऔषधसहित एक पक्राउ

वीरगंज/हरियो खुर्सानीभित्र लुकाएर ल्याएको लागुऔषधसहित एक जना वीरगंजबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहा बस्ने ३६ वर्षका मिश्री राम रहेका छन्।

वीरगंज महानगरपालिका-१६ भन्सार क्षेत्रबाट प्रस्तावित सीमा सुरक्षा गुल्मले उनलाई चेकजाँचको क्रममा लागू औषधसहित पक्राउ गरेको हो।

उनी भारतको रक्सौलबाट टाउकोमा हरियो खुर्सानीको बोरा बोकेर आएका थिए। बोराभित्र लागुऔषध डाइजेपाम ४९० एम्पुल, बुप्रेनोफाइन ४९९ एम्पुल , नोर्फिन २९७ एम्पुल र प्रोमेथाजाइन ४९७ एम्पुल बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

लागुऔषधसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि प्रहरीको जिम्मा लगाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM