२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:२६

डोजरको मनपरी राेक्न पातारासीमा जल कचहरी

जुम्ला । बढ्दो डोजरे विकासको असरले संकटमा परेमा जलस्रोतको संरक्षण र प्रयोगमा जोड दिन पातारासी गाउँपालिकामा ‘जल कचहरी’को आयोजना गरिएको छ । जलस्रोतको संरक्षणका लागि हालसम्म भएका अभ्यास,आगामी रणनीति तथा स्रोतको विषयमा छलफल गर्न जल कचहरीको आयोजना गरिएको हो ।

कार्यक्रमका सहभागीले डोजरे विकासलाई निरुत्साहित गर्दै जलस्रोतको संरक्षण र परिचालनमा जोड दिनुभएको छ ।  अव्यवस्थित विकासका कारण पानीका मुहान सुक्ने समस्या चुलिँदै गएकोले मुहान संरक्षण,वृक्षारोपण,वातावरण संरक्षणको कार्यमा जोड दिन स्थानीयतालाई नागरिकले सुझाएका छन् ।

किर्डाक नेपालद्वारा पातारासीमा सञ्चालित सुमत्रा परियोजनाले जलस्रोतको संरक्षणका लागि काम गर्दै आएको छ ।

परियोजनाले गरेको अध्यायननुसार पालिका भित्र  ४ सय ९५ वटा पानीका स्रोत रहेका छन् । जसमध्ये ३ सय ६५ वटा पानीका स्रोत सञ्चालनमा छन् । अव्यवस्थित विकास,वन फडानी वृक्षारोपणको अभाव लगायतका कारणले पानीका मुहान सुक्न थालेकोले केही वर्षमा पातारासीमा पानीको अभाव हुने सङ्केत देखिएको छ ।

त्यस्तो समस्या निम्तिन नदिन र जलस्रोतको संरक्षण गर्न पातारासी गाउँपालिकाले  वातावरण ऐन ल्याइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष बोहोराले भन्नुभयो,‘हाम्रो विकासले गतिविधिले पनि वातावरण मासिएको छ । अब सजग हुने बेला आएको छ । पानीका मुहान बचाउन ऐन नै ल्याएका छौ । साथै  हिउँदे गाउँसभाबाट जलस्रोत तथा वन संरक्षण सम्बन्धि नीति ल्याइने छ । पातारासीमा कृषि जडीबुटीसँगै पानीका स्रोतबाट समृद्ध बन्न सक्ने सम्भावना छ।’ु

त्यस्तै पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले वनजंगलमा मानवीय गतिविधि सँगै डोजर आतङ्क रोक्न पालिका सक्रिय हुनु पर्ने बताउनुभयो।  जलस्रोतको संरक्षणका लागि जल कचहरी जस्ता कार्यक्रम निरन्तर रुपमा हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

पातारासीमा गत वर्षबाट सुमात्रा परियोजनाले जल कचहरी गर्दै आएको छ  । सुमात्रा परियोजनाले जलस्रोत व्यवस्थापनका लागि सन् २०२३ फेब्रेअरीबाट पातारासीमा परियोजना संचालन गरेको छ । पातारासी गाउँपालिका र किर्डाक नेपालको साझेदारीमा जल उपभोग, मुहान संरक्षण, सरसफाई र स्वच्छताका क्षेत्रमा नीति निर्माण र दिगो व्यवस्थापनका क्षेत्रमा काम भएको किर्डाक नेपालका विनु चित्रकारले बताउनुभयो।

सुमात्राकोे तथ्यांक अनुसार ७ वटा वडा भएको पातारासी गाउँपालिकामा पानीका स्रोत ४ सय ९५ वटा छन् । जस मध्ये १ सय २९ वटा मात्रै प्रयोगमा छन् । तर, ३ सय ६५ वटा मुहान प्रयोगमा छैनन् । 

कुल ४ सय ९५ पानी स्रोत भएको पातारासी भित्र २ वटा नदी, २ सय ४१ वटा मुल, २ सय ३३ वटा साना खोल्सा र १९ वटा ठुला खोल्सा रहेका छन् । पातारासीमा कतिपय मुहान सुकेको र कतिपय सुक्दै गएको चित्रकारले बताउनु भयो । जल कचहरीमा सहभागि पातारासीका स्थानीयले ढल निकास र पानी ट्याङ्किको मर्मत गरिदिनसमेत माग गरेका छन् ।

पालिकामा निर्माण हुने खानेपानी, सिँचाइका आयोजनालाई दिगो बनाउनु पर्नेमा उनीहरूले जोड दिइएका छन् । खानेपानी तथा स्वच्छताका समस्या समाधान गर्दै पातारासी गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख पालिका बनाउन स्थानीयले सुझाव दिएका छन् । जल प्रयोगसँग सम्बन्धित एकिकृत योजनाहरू निर्माणमा सहयोग गर्न सुमात्रा परियोजना पातारासीमा सञ्चालन भएको छ ।

कार्यक्रममा पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले वातावरण संरक्षण बिना जलस्रोतको संरक्षण गर्न मुस्किल हुने भएकोले त्यसतर्फ पालिकाले ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अध्यक्ष चौलागाईले अबको विकास वातावरणमैत्री हुनु पर्नेमा जोड दिनुभयो ।

पातारासीले जल,जमिन,कृषि र जडीबुटीमा लगानी गरे समृद्ध पालिका बन्ने उहाँले उल्लेख गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM