२०८२ माघ २६ गते, सोमबार १०:४१

समुद्रमा नेपाली झन्डा फहराउँदै पानीजहाज चलाउने कानुन बल्ल प्रक्रियामा

१५ पुस, काठमाडौं । समुद्रमा नेपाली झन्डाअंकित पानीजहाज चलाउन आवश्यक कानुन निर्माण प्रक्रिया अगाडि बढेको छ ।

मन्त्रिपरिषद् बैठकले २७ असार २०८१ मा पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ लाई संघीय संसदमा पेस गर्न स्वीकृति दिएको थियो ।

सोही अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय सभामा उक्त विधेयक दर्ता गरेको हो । यो विधेयकले कानुनी रूपमा मान्यता पाएसँगै एकातर्फ आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाजको दर्ता तथा नियमन सुरु हुनेछ भने अर्कातर्फ समुद्रमा पानीजहाज सञ्चालनका लागि दर्ता, सर्भे र झन्डासम्बन्धी व्यवस्था कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ ।

सरकारले निजी र सरकारी दुवै क्षेत्रबाट पानीजहाजको बाटो खोल्दैछ । लामो समयदेखि नेपालको आफ्नै पानीजहाज समुद्रमा चलाउने चर्चा चल्दै आएको छ । यो चर्चाको श्रेयसमेत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने गरेको छ । तर, पानीजहाज सम्बन्धमा लामो समय बहस भए पनि कानुनी प्रावधान भने थिएन । सरकारले कानुनी पाटोको अभाव चिर्ने गरी विधेयक ल्याएको हो ।

सामुद्रिक कानुन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभई भुपरिवेष्ठित मुलुकको समेत समान अधिकार सुनिश्चित छ ।

नेपालमा यसअघि पानीजहाज दर्ता ऐन २०२७ कार्यान्वयनमा थिए । यसले अन्तर्राष्ट्रिय महासन्धिका प्रावधान नसमेट्ने भएकाले नयाँ ऐनको आवश्यकता परेको भौतिकमन्त्री देवेन्द्र दाहालले बताएका छन् ।

उनका अनुसार जलयान दर्ता र नियमन व्यवस्था गर्दै आन्तरिक तथा वाह्य जल यातायात प्रवर्द्धन गर्न यो विधेयक ल्याइएको मन्त्री दाहालको भनाइ छ । यसबाट विभिन्न देशमा पानीजहाजमा काम गर्दै आएका नेपालीलाई नेपाली पानीजहाजमा समेट्न समेत भूमिका खेल्ने मन्त्री दाहालको भनाइ छ ।

जलमार्गको रुट सरकारले तोक्ने

विधेयकमा जलमार्ग रुट निर्धारण नेपाल सरकारले तोक्ने उल्लेख छ । जसमा आन्तरिक तथा वाह्य दुवै पर्छन् । जलमार्गको रुट तोक्नु अगाडि पानीजहाज कार्यालयले जलमार्गमा सुरक्षित जलयान सञ्चालन गर्न सकिने वा नसकिनेबारे सम्भाव्यता अध्ययन, रुट सर्भे गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय जलमार्गका लागि नेपाल सरकार र गन्तव्य मुलुकबीचको सम्झौताका आधारमा रुट निर्धारण गरिने समेत विधेयकमा उल्लेख छ । जलमार्गको रुट निर्धारण भएको सूचना राजपत्रमा प्रकाशित गरिने भएको छ ।

जसमा पानीजहाज सञ्चालन हुने सुरु स्थान, गन्तव्य स्थान, रोकिने स्थान समेत उल्लेख गरिने भएको छ । सरकारले आवश्यक देखे कुनै जलक्षेत्रमा पानीजहाज सञ्चाल गर्न पूर्ण वा आंशिक रूपमा रोक लगाउन सक्ने प्रावधान समेत विधेयकमा समेटिएको छ ।

तोकिएको बाहेक जलमार्ग प्रयोग गरी जहाज चलाए त्यसलाई अतिक्रमण गरेको वा अनधिकृत प्रयोग गरेको मानिने छ । अनुमति नलिई पानीजहाज चलाए, निषेधित क्षेत्रमा जहाज चलाए वा दर्ता नगरी पानीजहाज चलाए समेत अतिक्रमण गरेको मानिने छ ।

जलक्षेत्र अतिक्रमण वा अनधिकृत प्रयोग गरेको पाइए सरकारले हस्तक्षेपको आदेश (इन्टरसेप्सन अर्डर) जारी गर्न सक्ने भएको छ । त्यस्तो पानी जहाज मुलुकभित्रको भए कब्जामा लिई कारबाही गर्ने र विदेशी मुलुकको भए आवश्यक कारबाही गरी पठाउन सक्ने प्रावधान समेत विधेयकमा समेटिएको छ । यस्तो नियम विदेशी नियामकको हकमा समेत लागु हुनेछ ।

नेपालमै पानीजहाज निर्माण अनुमति दिइने

सरकारले नेपालमै पानीजहाज निर्माण गर्न चाहे समेत अब अनुमति दिन सक्ने छ । त्यसका लागि कार्यालयबाट स्वीकृति लिनुपर्ने विधेयकमा उल्लेख छ । पानीपहाजको ढाँचा, स्वरूप र योजनाबारे समेत कार्यालयबाट स्वीकृति लिनुपर्ने छ । बदल्नु परेसमेत स्वीकृत आवश्यक पर्ने छ ।

पानीजहाज निर्माणको काम सकिएसँगै निर्माण सम्पन्नताको प्रमाणपत्र दिनुपर्ने भएको छ । पानीजहाज सेवा उद्योग चलाउन चाहने कसैले व्यावसायिक रूपमा पानीजहाज सेवाका लागि पूर्वअनुमति लिनुपर्ने भएको छ । त्यसका लागि कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान छ ।

पानीजहाजमा विदेशी लगानी खुला

पानीजहाजमा सरकारले विदेशी लगानी समेत खुला गर्ने भएको छ । आन्तरिक जलमार्गमा सञ्चालनका लागि स्थापना हुने पानीजहाज सेवा उद्योगमा विदेशी पूँजी लगानीको सीमा बढीमा ४९ प्रतिशत हुने गरी तोकिने भएको छ ।

नेपालको आन्तरिक जलमार्ग प्रयोग गरी वा नगरी अन्य मुलुकको जलमार्ग वा समुद्रमा सञ्चालनका लागि स्थापना हुने पानीजहाज सेवा उद्योगमा विदेशी लगानीको सीमा बढीमा ८० प्रतिशत तोकिएको छ ।

भाडा र सेवा–सुविधा सरकारले तोक्ने

पानीजहाजको भाडा समेत सरकारले तोक्ने भएको छ । यात्रु तथा मालसामान ढुवानी गर्दा लिने भाडादर, शुल्क, यात्राका सर्त र पानीजहाजमा हुनुपर्ने न्यूनतम सेवा सुविधा समेत सरकारले तोक्ने गरी विधेयकमा तोकिएको छ ।

२० वर्ष पुराना पानीजहाज दर्ता नहुने

यस विधेयक अनुसार व्यापारिक पानीजहाजका हकमा २० वर्षभन्दा पुराना पानीजहाज नेपालमा दर्ता तथा सञ्चालन गर्न पाइने छैन । सर्भे प्रमाणपत्र नभएको वा पानीजहाज निर्माण सम्पन्नताको प्रमाणपत्र नभएका जहाज समेत दर्ता तथा सञ्चालन गर्न नपाइने विधेयको प्रावधान छ ।

सरकारले दर्तापछि पानीजहाजको पहिचान दर्ता नम्बर दिने भएको छ । दर्ता अवधि सकिएपछि नवीकरण नगरी पुनः सञ्चालन गर्न नपाइने प्रावधान राखिएको छ । पानीजहाजलाई जलमार्गबाट स्थायी रूपमा झिके, पानीजहाज हराए, नष्ट भए वा स्थायी रूपमा उपयोग गर्न नसकिने भए पानीजहाजको दर्ता बदर हुने भएको छ । पानीजहाजको दर्ता स्थान काठमाडौं रहने छ ।

नेपालमा दर्ता भएका पानीजहाजले झन्डा राख्न पाउने

नेपालमा दर्ता भई नेपालभित्र चल्ने वा नेपाल बाहिर सञ्चालन हुने पानीजहाजको राष्ट्रियता नेपाली हुने भएको छ । यस्तो पानीजहाजमा नेपाली झन्डा राख्न सकिने छ । दर्ता प्रमाणपत्रलाई नेपाली राष्ट्रियताको प्रमाणपत्र मानिने छ । यसबाहेक राष्ट्रियताको अस्थायी प्रमाणपत्र समेत दिन सक्ने प्रावधान राखिएको छ । व्यापारिक पानीजहाजको झन्डा त्यस्तो जहाजको राष्ट्रियताको चिह्न हुने समेत विधेयकमा उल्लेख छ ।

यी हुनेछन् पानीजहाज सञ्चालनका सर्त

· पानीजहाज सञ्चालनको समय प्रत्येक यात्रुलाई जानकारी हुनुपर्ने

· भूउपग्रहबाट प्रतिकूल मौसम जानकारी पाए उक्त समयमा पानीजहाज सेवा सञ्चालन नगर्ने

· यात्रुको जीवन रक्षाका लागि आवश्यक व्यवस्था हुनुपर्ने (लाइफ ज्याकेट लगायत)

· बीमा भएको हुनुपर्ने

· एक प्रयोजनमा दर्ता भएको पानीजहाज अर्को प्रयोजमा प्रयोग नगर्ने

· खतराजन्य सामान ढुवानी नगर्ने

· सूचना आदान प्रदान गर्न आवश्यक उपकरण भएको हुनुपर्ने

· पर्याप्त स्वच्छ खानेपानी हुनुपर्ने

पानीजहाज दुर्घटना भए वा हराए जहाजको खोज तथा उद्धारको काम सरकारको हुने भएको छ । दुर्घटना जाँच गर्न आयोग गठन हुने भएको छ । पानीजहाजमा काम गर्ने कर्मचारी नेपाली नागरिक उपलब्ध नभए विदेशी नागरिक समेत राख्न सकिने र पानीजहाज धनीले नेपाली नागरिकलाई दक्ष बनाइ क्रमशः विदेशी नागरिक प्रतिस्थापन गर्नुपर्ने समेत विधेयकमा उल्लेख छ ।

विधेयकले पानीजहाज कसुर बापत विभिन्न सजाय समेत तोकेको छ । यसका लागि अब नेपालको व्यापारिक पानीजहाजको झन्डा सम्बन्धी ऐन २०२७, नेपाली पानीजहाज प्रमाणपत्र र रोजनामचा ऐन २०२७ र पानीजहाज दर्ता ऐन २०२७ खारेज हुने भएका छन् ।

साना मोटरबोट भने नियमन बाहिरै

यो विधेयकले अहिले विभिन्न तालतलैया र नदीमा मनोरञ्जनात्मक प्रयोजनमा चलिरहेका मोटरबोट र फेरीहरूको नियमनमा भने कुनै प्रावधान राखेको छैन । जसले गर्दा यस्ता वस्तु सञ्चालनको विषय अन्योलमै रहने देखिएको छ । नियमन अभावले यस्ता मोटरबोटको यात्रा असुरक्षित हुनुका साथै बीमाको समेत व्यवस्था हुँदैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM