२०८२ माघ २६ गते, सोमबार १२:३७

मन्त्रीका स्वकीयले भेटाएका थिए योजनाकार र आक्रमणकारी

१५ पुस, काठमाडौं । गत ११ कात्तिकको दिउँसो काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामामाथि सांघातिक आक्रमण भयो । नुवाकोटको ककनी गाउँपालिका– ६ घर भएका ३५ वर्षीय विक्रममाथि मार्ने उद्देश्यसहित अन्धाधुन्ध रड आक्रमण भएको थियो ।

आक्रमण भएकै दिन जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनामा संलग्न रहेको आशंकामा मार्शल भनिने शैलेन्द्र तामाङलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढायो । अनुसन्धान अगाडि बढ्दै जाँदा खुल्यो, नेपालभूमि रियल स्टेटका प्रबन्धक निर्देशकसमेत रहेका विक्रममाथि आक्रमण भाउजु नाता पर्ने व्यावसायिक साझेदार लक्ष्मी राईले गराएकी रहिछन् । उनी बेलायत बस्दै आएकी छन् । आक्रमणको मुख्य योजना भने अपराधिक पृष्ठभूमिका अजय लामाको रहेछ ।

त्यति मात्र होइन, यी दुईलाई मिलाउन गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री दीपक मनाङे (राजिवविक्रम गुरुङ)का स्वकीयसचिव टीका भण्डारीको भूमिका रहेछ । एक वर्षअघि गुरुङ मन्त्री रहेकै समयमा स्वकीयसचिव भण्डारीले आक्रमणको योजनामा भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भण्डारीले लक्ष्मी र अजयको बीचमा रहेर काम गरेको प्रहरी अधिकारी बताउँछन् ।

घटनामा संलग्नता देखिएका भण्डारी पक्राउ परिसकेका छन् । गत शुक्रबार उनलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

एक वर्षअघि लामामाथि आक्रमण गर्ने तथा लागुऔषधमा फसाउने योजनामा पनि भण्डारी जोडिएको खुलेको परिसरका एक अनुसन्धान अधिकृत बताउँछन् । ‘एक वर्षअघिको योजनामा पनि भण्डारी जोडिएको देखिन्छ । अहिलेको आक्रमणमा पनि उनको भूमिका देखिन्छ,’ ती अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

आक्रमणपछि उनीहरू गोरखा, झापा, इलाम र सुनसरीमा लुकेर बसेको तथ्य प्रहरीले पत्ता लगाएको थियो । प्रहरीले ती स्थान ‘लोकेट’ गरेपछि उनीहरु भने फरार भए ।

आक्रमणमा भूमिका देखिएपछि केही समयअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई बोलाएर केरकार गरेर छाडेको थियो । तर, त्यसको केही दिनमै परिसरले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । प्रहरी हिरासतमा रहेका भण्डारीले भने आरोप खण्डन गरेका छन् । आक्रमणमा मुछिएकाहरूसँगको सम्बन्ध रहेकै भरमा आफूलाई दोष लगाउन नहुने भण्डारीको भनाइ रहेकोे एक अनुसन्धान अधिकृत बताउँछन् ।

प्रहरीले अनुसन्धानको क्रममा अहिलेसम्म तीनजनालाई पक्राउ गरिसकेको छ । आक्रमण भएकै दिन मार्शल भनिने शैलेन्द्र तामाङ पक्राउ परेका थिए । उनीमाथि सुरुमा प्रहरी अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । उनी यसअघि पनि फौजदारी मुद्दा चलेकाले ‘पटके’ कसुरमा मुद्दा जिल्ला अदालत काठमाडौंले हेरेको थियो । अदालतले उनीविरुद्ध २८ दिनको कैद सजाय सुनाएको थियो । प्रहरी हिरासतमा १८ दिन बिताइसकेकाले उनी थप १० दिन कारागार बसेर छुटे । लगत्तै प्रहरीले पुनः पक्राउ गरेर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको छ । उनी अहिले परिसर काठमाडौकै हिरासतमा छन् ।

२ मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सोही घटनामा संलग्न रही फरार रहेका निश्चल सुनारलाई झापाबाट पक्राउ गर्‍यो । गत शुक्रबार भण्डारीलाई बालाजुनजिकबाट पक्राउ गरेसँगै आक्रमणको घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

आक्रमणका मुख्य योजनाकार भनिएका अजय लामा र उनका सहयोगी दीपक बरामू फरार छन् । आक्रमणपछि उनीहरू गोरखा, झापा, इलाम र सुनसरीमा लुकेर बसेको तथ्य प्रहरीले पत्ता लगाएको थियो । प्रहरीले ती स्थान ‘लोकेट’ गरेपछि उनीहरु भने फरार भए । उनीहरू अहिले भारत पुगेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

आफन्तमार्फत अजयले झापाबाट पाँच लाख रुपैयाँ मगाएर बुझेको पनि प्रहरीले पत्ता लगाएको थियो । तर, घटना भएको दुई महिना बित्दासम्म उनीहरू पक्राउ पर्न सकेका छैनन् ।

बेलायत बस्ने लक्ष्मी मुख्य योजनाकार

प्रहरीका अनुसार लामामाथिको आक्रमणको घटनामा बेलायत बस्दै आएकी लक्ष्मी राई मुख्य योजनाकार देखिएकी छन् । उनीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको परिसर काठमाडौं स्रोतले बतायो ।

घटनालगत्तै विक्रमले लक्ष्मीले नै सुपारी दिएर आफूमाथि आक्रमण गर्न लगाएको भन्दै प्रहरीलाई बताएका थिए । अनुसन्धानको क्रममा पनि कनेक्सन देखिएपछि प्रहरीले लक्ष्मीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको स्रोतको भनाइ छ ।

विक्रमको भाउजु नाता पर्छिन् । उनका दाजुसँगको सम्बन्ध विक्रमकै कारण दरार आएको भन्दै लक्ष्मीले आक्रमणको योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरी अधिकारी बताउँछन् ।

नाता मात्र होइन, लक्ष्मी र विक्रम कुनै समयका व्यावसायिक साझेदार पनि हुन् । एक क्रसर व्यवसायमा यी दुईको संयुक्त लगानी थियो । पछिल्लो समय भने सम्बन्धमा दरार आएपछि मार्नेसम्मको योजना बनाएर आक्रमण गरिएको दाबी पीडित विक्रम लामाको रहेको छ ।

यसअघि नै पनि आफूमाथि आक्रमणको योजना बनाइएको सूचना आफूले पाएको भन्दै विक्रम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका थिए ।

आक्रमणको योजना बनाएपछि आक्रमणकारीले चारवटा नयाँ मोबाइल सेट र सिमकार्ड किनेका थिए । आक्रमणपछि ती मोवाइल फोन र सिमकार्डसमेत प्रयोग भएका छैनन् ।

आपराधिक समूह परिचालन गरेर आक्रमण

नेपालभूमि रियल स्टेटका प्रबन्धक निर्देशक विक्रममाथि आक्रमण गर्न लक्ष्मीले आपराधिक समूह परिचालन गरेको खुलेको छ । प्रहरी हिरासतमा रहेका मार्शल यसअघि पनि पक्राउ परेर ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका व्यक्ति हुन् ।

उनीसहितको समूहले ठमेलको छायाँ सेन्टरस्थित प्लेब्वाई क्लबको पार्किङमा ६ माघ २०८० मा अर्का एक व्यक्तिमाथि आक्रमण गरेको थियो । त्यसवेला नुवाकोटकै गुण्डानाइके सानुभाइ भनिने युवराज गुरुङको समूहमा रहेका तामाङसहित सातजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार ‘घैटे’कै सहयोगी सानुभाइले पछिल्लो समय आफ्नो छुट्टै समूह बनाएर गुण्डागर्दी गर्दै आएको प्रहरी अधिकारीहरू बताउँछन् । उनै सानुभाइको समूहमा रहेका तामाङ व्यवसायी विक्रम लामामाथि आक्रमण गर्न प्रयोग भएको खुलेको हो ।

अर्का फरार आरोपित अजय लामा पनि यसअघि ठगी मुद्दामा तीन वर्ष ६ महिना जेल बसेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध गत ९ पुसमा ठमेलको सात घुम्तीस्थित १० एक्स क्लबको अगाडि ड्युटीमा रहेका प्रहरी जवान लोकबहादुर बुढामाथि कुटपिट गरेको अभियोगमा मुद्दा चलेको थियो ।

त्यतिबेला लामाको समूहले प्रहरी जवान बुढाको टाउकोमा किक हान्नुका साथै मोबाइलसमेत फुटाइदिएको थियो । उनै अजयले आफूसहित तीनजना प्रयोग गरेर विक्रममाथि आक्रमण गरेको देखिएको परिसरका एसपी अधिकारी बताउँछन् ।

प्रहरी स्रोतका अनुसार आक्रमणको योजना बनाएपछि आक्रमणकारीले चारवटा नयाँ मोबाइल सेट र सिमकार्ड किनेका थिए । आक्रमणपछि ती मोवाइल फोन र सिमकार्डसमेत प्रयोग भएका छैनन् ।

विक्रममाथिको आक्रमण सफल भएपछि सिमकार्डसहितका चारवटै मोबाइल अजयले लगेका थिए । आक्रमण गर्ने योजना बनाएपछि अजयले कफी खान भन्दै विक्रमलाई बोलाएको र त्यसैबेला अरु तीनजनाले विक्रमसँग भेटेका थिए । त्यसको केही दिनमै उनीमाथि आक्रमण भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM