२०८२ माघ २९ गते, बिहीबार २१:५०

मेयर कप टेबल टेनिस : एलेक्स र डिकेनलाई स्वर्ण

१५ पुस, काठमाडौं । ललितपुर महानगरपालिका वडा नं ७ का एलेक्स महर्जन र सोही वडाका डिकेन महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।

पुरुष सिंगल्सको क्याटगोरी ‘ए’ मा एलेक्स तथा क्याटगोरी ‘बी’ मा डिकेन पहिलो भएका हुन् । ‘ए’ क्याटगोरीमा राष्ट्रिय खेलाडीलाई पनि सहभागिताको अवसर दिइएको थियो भने ‘बी’ मा राष्ट्रिय खेलाडी बाहेकको प्रतिस्पर्धा भएको थियो ।

पाटनको गःछेंमा भएको ‘ए’ को फाइनलमा एलेक्सले अनुभवी खेलाडी संयोग कपालीलाई ६–११, ११–६, ११–९ र ११–७ को सेटमा पराजित गरे । वडा ८ का विपुल महर्जन र वडा ७ का डिकेन महर्जन तेस्रो भए ।

ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा भएको प्रतियोगिताअन्तर्गत क्याटगोरी ‘बी’ को फाइनलमा डिकेनले वडा ६ का सन्जिल शाक्यलाई ११–७, ६–११, १२–१०, ३–११ र ११–९ को सेटमा हराए । वडा १६ का सुमन शाक्य र वडा ७ का एलेन महर्जन तेस्रो बने ।

प्रतियोगितामा ललितपुर महानगरपालिकाको २९ वडा मध्ये २५ वडाका ६ सय ३७ खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यसअघि वडा ९ को आन्तरिक सिंगल्समा सन्जु अवाले, भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा वडा ५ की ममतासिंह राजभण्डारी, ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १३ का पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि पुरुष सिंगल्समा वडा ६ का राजेन्द्र कपाली, ४० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र श्रेष्ठ, यु–१२ सिंगल्सको ब्वाइजमा वडा १६ का स्वर्णिम शाक्य र गल्र्समा वडा १७ की अर्सना महर्जनले स्वर्ण जितेका थिए ।

यु–१६ सिंगल्सको ब्वाइजमा वडा २० का एरिस शाक्य र गर्ल्समा वडा ५ की साइरा शाक्य, पुरुष डबल्समा वडा ८ का विपुल महर्जन र रुविन महर्जन, महिला सिंगल्समा वडा १७ की अर्सना महर्जन, महिला टिम इभेन्टमा वडा १७, ४० वर्षमाथि पुरुष टिम इभेन्टमा वडा २० र पुरुष टिम इभेन्टमा वडा ७ पहिलो भएका थिए ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक वडा ९ का अध्यक्ष राजु महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM