२०८३ बैशाख २ गते, बुधबार ०९:३७

च्याउ खेती ४० जिल्लामा, १५ करोड बढीको हुन्छ आयात

१४ पुस, काठमाडौं । हरेक १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ । च्याउ दिवस औपचारिक रूपमा मनाइरहँदा नेपाली उत्पादनले नै च्याउको माग धान्न सक्ने अवस्था भने छैन ।

पछिल्लो समय तीव्र रूपमा च्याउ खेती विस्तार भइरहँदा पनि माग धान्न नसकेको च्याउ उत्पादक किसान बताउँछन् । च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् ।

हाल च्याउ खेतीमा करिब ३५ हजार किसान आबद्ध छन् । संघका अनुसार च्याउको बीउ उत्पादन गर्ने ल्याब संख्या ६७ छ ।

संघ अध्यक्ष सन्तोष कार्कीका अनुसार किसानले वार्षिक करिब १५ अर्ब रुपैयाँको कारोबार गर्दै आएका छन् ।

‘नेपालमा उत्पादन नहुने होइन तर यसको माग पनि बढिरहेको छ । त्यसकारण क्यानिङ च्याउको अत्यधिक आयात हुँदा धेरै आयात भएको देखिएको हो,’ कार्कीले अनलाइनखबरसँग भने ।

उनका अनुसार डिब्बामा प्याकिङ गरेर आउने च्याउले धेरै नेपालमा आयात भएको देखिन्छ । ‘होटल, रेस्टुरेन्टमा धेरै प्रयोग हुने च्याउ क्यानिङ हुन् । यी च्याउले आयात बढेको हो । नेपाली किसानले उत्पादन गरेको च्याउ खुद्रा रूपमा यहीँ कारोबार हुन्छ,’ कार्की भन्छन् ।

कति हुन्छ उत्पादन ?

कार्कीका अनुसार नेपालमा दैनिक करिब १ लाख किलो च्याउ उत्पादन हुन्छ । ‘प्रत्येक दिन ५० हजार किलो कन्य च्याउ, १० हजार किलो गोलो च्याउ, १२ सय किलो राजा च्याउ, ६ सय किलो सिताके च्याउ र अन्य च्याउ १० हजार किलो उत्पादन हुन्छ,’ उनले भने ।

उनका अनुसार नेपालमा अहिले वार्षिक १५ देखि २० करोडको च्याउ आयात हुने गरेको छ । ‘हामीले करोडौंको आयात गर्दा जम्मा ८–१० लाखको मात्रै निर्यात गर्छौं, कन्य च्याउ आयात हुँदैन, अन्य च्याउ विभिन्न नाममा आयात हुन्छ,’ उनी भन्छन् ।

फाइल तस्वीर

सरकारले साथ दिए आत्मनिर्भर

च्याउको व्यावसायिक उत्पादनमा सरकारले बेवास्ता गरेको कार्कीले बताए । सुरुवाती समयमा सामान्य सहयोग भए पनि च्याउखेतीले व्यावसायिक रूप लिँदा सरकारले सहयोग नगरेको अध्यक्ष कार्कीले बताए ।

‘हाम्रो जंगलमा बहुमूल्य च्याउ कुहिएर गइरहेको छ, त्यसलाई सरकारको पहलमा व्यावसायिक रूपमा उत्पादन गर्न थाल्नुपर्छ भनेर माग गर्दै आएका छौं, तर सुनुवाइ हुन सकेको छैन । अनुसन्धान केन्द्र पनि आवश्यक छ,’ उनी भन्छन् ।

उनले च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । किसानले करिब १८ घण्टा च्याउको काम हुने भएकाले एक दिन च्याउ उत्सवका रूपमा मनाउन सरकारले चासो दिनुपर्ने उनको भनाइ छ ।

कृषि मन्त्रालयले बीमामा करिब ७५ प्रतिशत अनुदान दिएकोमा च्याउको बीमा गर्न बीमा कम्पनीले मान्ने नगरेको गुनासो अध्यक्ष कार्कीको छ ।

यसमा सहजीकरण आवश्यक भएको उनको तर्क छ । अध्यक्ष कार्कीले च्याउ उत्पादन गर्न पनि उचित नीति आवश्यक भएको बताए ।

‘कुन किसिमको च्याउ खेती गर्ने ? त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्छ । तर, सरकारले चासो दिएको छैन,’ उनी भन्छन् ।

च्याउमा देश आत्मनिर्भर बन्ने दिशामा अगाडि बढेको उनले बताए । डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ ।

सरकारले किसानलाई साथ दिए दुई÷चार वर्षमै आत्मनिर्भर बन्न सकिने कार्कीको दाबी छ । ‘आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिए मुुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्ने विश्वास छ,’ कार्कीले भने ।

किसानले आफैं मनाउँदै छन् च्याउ दिवस

च्याउ उत्पादक किसान संघले ९–२९ पुस २०७६ मा मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो । पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा पुसको कुनै एक दिन च्याउ दिवसका रूपमा घोषणा गराउन संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेका छन् ।

राष्ट्रिय च्याउ जागरण अभियानको पहिलो कार्यक्रम १५ पुस २०७६ मा बागमती प्रदेश राजधानी हेटौंडामा सञ्चालन भएको थियो । सोही अनुसार हरेक वर्ष १५ पुसमा किसानले नै दिवस मनाइरहेका छन् ।

के हो च्याउ ?

च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफैं बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाले जेलिएर बनेका हुन्छन् । यी रेसालाई अंग्रेजीमा ‘माइसेलियम’ भनिन्छ ।

यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रिन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यबद्र्धक खाद्यवस्तु हो । त्यसैले विश्व बजारमा यसको माग अत्यधिक छ ।

नेपालमा हाल गोब्रे, कन्ये, सिताके, दुधे र राजा च्याउको व्यवसायिक खेती गरिँदै आएको च्याउ किसान संघले जनाएको छ ।

नेपालमा च्याउको इतिहास

च्याउ किसान संघका अनुसार नेपालमा प्राचीन समयदेखि नै च्याउ उपभोग गरिँदै आएको पाइन्छ । व्यावसायिक च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वनमा उपलब्ध भएको च्याउ मानिसले उपभोग गर्ने गरेको पाइन्छ ।

फाइल तस्वीर

सर्वप्रथम कन्ये च्याउ उत्पादन र अनुसन्धानपछि २०३०/३१ सालमा गोब्रे च्याउ खेती प्रविधि सम्बन्धी अनुसन्धान भएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालदेखि देशका विभिन्न स्थानका किसानलाई च्याउ खेती प्रविधि सम्बन्धी तालिम दिई यसको विस्तार गर्ने काम भएको हो ।

२०३४/३५ सालदेखि नै काठमाडौं बलम्बु, ललितपुर चापागाउँ, भक्तपुर दधिकोट हुँदै विभिन्न स्थानमा निरन्तर च्याउखेती गरिँदै आइएको छ ।

आजदेखि च्याउ मेला

संघले च्याउ मेला तथा प्रदर्शनी सहित आज च्याउ दिवस मनाउँदै छ । भृकुटीमण्डपमा बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० स्टलमा च्याउसँग सम्बन्धित विषयमा प्रदर्शनी रहने अध्यक्ष कार्कीले जानकारी दिए ।

मेलामा च्याउका विभिन्न परिकारका स्टल रहने छ । गोब्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिने छ ।

मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार निःशुल्क चाख्न पाइने छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान छ । मेला आयोजना गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM