२०८२ माघ २९ गते, बिहीबार २२:१४

मानवअधिकार रक्षकसम्बन्धी विधेयक ल्याउन आग्रह 

नेपालगञ्ज । लुम्बिनी प्रदेशसभामा गैरसरकारी विधेयकका रुपमा मानवअधिकार रक्षकसम्बन्धी विधेयक ल्याउन आग्रह गरिएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको ‘मानवअधिकार रक्षक कानुनको औचित्य र आवश्यकता’ विषयक अन्तरक्रियामा सरोकारवालाले सो आग्रह गरेका हुन् । 

सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले प्रदेशमा रहेका केही कानुन आफैँमा बाझिएको उल्लेख गर्दै निर्माण भएका ५४ कानुनमध्ये कतिपय कार्यान्वयन नभएका बताउनुभयो । 

उहाँले भन्नुभयो, “कति कानुन बनाइएको छ र कति थन्किएको छ, त्यसको रेकर्ड छैन”, २०७९ सालमा बुझाइएको मस्यौदामा थप छलफल आवश्यक भएकामा जोड दिँदै मन्त्री अग्रवालले करिब ४० कानुन संशोधन गर्ने अवस्थामा रहेको बताउनुभयो । 

लुम्बिनी प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले राज्यलाई आर्थिक भार नपर्ने गरी आउन लागेको विधेयकको मस्यौदालाई सकारात्मक रुपमा लिन अनुरोध गर्नुभयो । 

वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले विधेयकको मस्यौदा सार्वजनिक सरोकारको विषय भएको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी कानुन निर्माण गर्दा राज्यलाई भार नपर्ने बताउनुभयो । 

नागरिक अभियन्ता प्रकाश उपाध्यायले मानवअधिकारसम्बन्धी विधेयक आएपछि यसले जबाफदेहिता र पारदर्शिता बढाउनेमा जोड दिँदै मानवअधिकारकर्मीसँग विषयगत समितिमा छलफल गर्न सकिने बताउनुभयो । 

अधिवक्ता वसन्त गौतमले मानवअधिकार रक्षकलाई सूचनामा पहुँच स्थापना गर्नसमेत विधेयकले सघाउ पु¥याउने जानकारी दिँदै यसका विषयमा अन्तर्राष्ट्रिय अभ्यास भएको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का लुम्बिनी संयोजक भोला महतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभाका सदस्यहरु भण्डारीलाल यादव, सुशीला नेपाली र मीना श्रेष्ठ, मानवअधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, कानुन व्यवसायीहरू प्रल्हाद कार्की, इन्सेकका टेकनाथ आचार्य, मानवअधिकारकर्मी प्रभात ठकुरीलगायतले कानुनको औचित्यका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

 ‘मानवअधिकार रक्षकको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रारम्भिक मस्यौदाका रुपमा २०७९ भदौमा लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM