२०८३ बैशाख २ गते, बुधबार ०९:३२

देशभरि मेला-महोत्सव, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने औजार

१४ पुस, काठमाडौं। मुलुकको पर्यटन राजधानी पोखरामा आइतबारदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भयो । नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस दोस्रो संस्करण हो ।

नेपाल र उत्तरी छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको फेस्टिभल सुरु गरिएको आयोजकको भनाइ छ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका यो फेस्टिभलका आयोजक हुन् । यसै प्रतियोगिताका खेलाडी बोकेर ११ पुसमा छेन्दुबाट सिचुवान एयरलाइन्सको ‘एयरबस ३१९’ जहाज पोखरा ओर्लिएको थियो ।

उता, पोखरामै यतिबेला ‘हट एयर बेलुन’ महोत्सव जारी छ । पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा बेलुन नेपाल प्रालिले आयोजना गरेको महोत्सव अघिल्लो सातादेखि नै चलिरहेको छ । यो १ जनवरीसम्म जारी रहने छ ।

१५ देशबाट १७ हट एयर बेलुन ल्याएर आयोजना गरिएको महोत्सव हट एयर बेलुनको नेपालमा आयोजना गरिएको अहिलेसम्मकै वृहत मेला हो ।

यसले पोखराको तुलनात्मक रूपमा नयाँ उत्पादन हट एयर बेलुनलाई अन्तर्राष्ट्रिय प्रडक्ट बनाउने आयोजकको अपेक्षा छ । महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल गतिविधि समेत आयोजना गरिएका छन् ।

पोखरामै अंग्रेजी नयाँ वर्ष लक्षित गरी ‘२६औं पोखरा सडक महोत्सव’ पनि सुरु भएको छ । शनिबारदेखि सुरु महोत्सव १ जनवरीसम्म चल्ने छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा २५ वर्षदेखि यस्तो महोत्सव आयोजना भइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटक आकर्षण गर्दै पोखरालाई पर्यटकीय गन्तव्या रूपमा प्रवद्र्धन गर्ने उद्देश्य आयोजकको छ ।

उता, नेपालको अर्को पर्यटन गन्तव्य सौराहामा यतिबेला ‘हात्ती तथा पर्यटन महोत्सव’ सुरु भएको छ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा यो महोत्सव आयोजना भइरहेको छ ।

हात्ती एवं पर्यटन महोत्सव – Online Khabar

१८औं संस्करणको महोत्सव सोमबारसम्म चल्ने छ । सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आकर्षित र वृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

चितवनकै मेघौलीमा अहिले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को वार्षिकोत्सव तथा रैथाने खाना महोत्सव चलिरहेको छ । गत शुक्रबारदेखि सुरु महोत्सव पाँच दिनसम्म चल्ने छ । महोत्सवमा ५० भन्दा बढी स्थानीय परिकारका स्टल राखिएको आयोजकले जनाएको छ ।

भरतपुर भ्रमण वर्षमा सबै पूर्वप्रधानमन्त्रीले बोल्ने, रवि लामिछाने पनि आउने  – Online Khabar

त्यस्तै लुम्बिनी प्रदेशको मुख्य सहर बुटवलमा अहिले औद्योगिक व्यापार मेला जारी छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेला समेत अंग्रेजी नयाँ वर्षसम्मै चल्ने छ । यो मेलाको २४औं संस्करण हो ।

बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासका माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यावसायिक क्षेत्र खोजी गरी रोजगारीका अवसर सिर्जना गर्न अझ परिस्कृत रूपमा मेला आयोजना गरिएको आयोजकको भनाइ छ ।

काठमाडौं उपत्यकाभित्र ‘प्रथम कोटेश्वर महोत्सव’ आयोजना गरियो । महोत्सवको शुक्रबार काठमाडौं महानरगपालिकाका मेयर बालेन साहले उद्घाटन गरे । उनले कोटेश्वरलाई आफ्नो पहिचान स्थापित गराउन र स्थानीय उत्पादन बिक्री वितरणमा यो महोत्सव फलदायी हुने अपेक्षा व्यक्त गरे ।

उता, भक्तपुरमा शुक्रबारदेखि ‘मध्यपुर महोत्सव २०८१’ सुरु भएको छ । आइतबारसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादनसँगै रैथाने परिकार समेत प्रदर्शनीमा राखिएका छन् । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा महोत्सव गरिएको हो ।

यी अहिले सञ्चालनमा रहेका केही मुख्य मेला–महोत्सव हुन् । अंग्रेजी नयाँ वर्ष र हिउँदको मौसम पारी यतिबेला देशैभरि विभिन्न प्रकारका मेला महोत्सव आयोजना गरिएका छन् ।

स्थानीय उत्पादन प्रवद्र्धन, रैथाने खाना प्रचार, खपत र स्थानीय अर्थतन्त्र विकासमा यस्ता मेला–महोत्सव फलदायी हुने सरोकारवाला बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पर्यटन तथा हवाई यातायात समिति सभापति देशबन्धु बस्नेत स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन मेला महोत्सवले ठूलो भूमिका खेल्ने बताउँछन् ।

‘एक त पर्यटन गतिविधि बढ्छ,’ उनी भन्छन्, ‘अर्कातर्फ त्यसले स्थानीय स्तरमा अर्थतन्त्र चलायमान बनाउँछ ।’

यस्ता मेला–महोत्सवलाई सरकारले निश्चित ‘प्रोटोकल’ बनाएर सहकार्य गर्ने हो भने अझ फलदायी हुने उनको भनाइ छ । अहिले टोलैपिच्छे मेला–महोत्सव आयोजना भइरहेका छन् ।

यसलाई व्यवस्थित गरी एक निश्चित प्रोटोकल तोकी सोही स्तरका मेला–महोत्सवमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हो भने यस्ता यिनको औचित्य अझ पुष्टि हुनेछ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने वाह्य पर्यटक आगमन कम हुने सिजनमा मुलुकभित्र आयोजना हुने मेला–महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको बताउँछन् ।

सामान्यतया डिसेम्बर वाह्य पर्यटक आगमनका दृष्टिकोणले ‘लो सिजन’ मानिन्छ । यस बेला आयोजना हुने स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस वा हात्ती महोत्सवले पर्यटक आगमन प्रोत्साहन र पर्यटक बसाइ अवधि लम्ब्याउन समेत भूमिका खेल्ने उनी बताउँछन् ।

‘साढे दुई दशक अगाडि यो मौसममा पोखराका होटल बन्द हुन्थे,’ उनी भन्छन्, ‘जब केही व्यवसायी जुर्मुराएर स्ट्रिट फेस्टिभल सुरु गरियो, आज पोखराका होटलमा कोठा नपाउने अवस्था छ, यो माहोल ल्याउनमा मेला–महोत्सवको ठूलो योगदान छ ।’

पछिल्लो समय मेला–महोत्सव आयोजना गर्ने नाममा ‘पर्यटन’ शब्द समेत राख्न थालिएको र यसमा बोर्डको ‘ओरेन्टेसन’ ले भूमिका खेलेको उनी बताउँछन् ।

‘धेरै महोत्सवलाई हामीले पनि प्रवद्र्धन गर्छौं,’ उनी भन्छन्, ‘किनकि, महोत्सव हेर्न आउनेलाई स्थानीय गन्तव्यसम्म लैजान सकियो भने त्यसले आन्तरिक पर्यटन विकासमा गुणस्तरीय योगदान दिन्छ ।’

‘नेपाल फर अल सिजन’ भन्ने नारा स्थापित गर्न समेत मेला–महोत्सवको भूमिका रहेको उनी बताउँछन् । यसले स्थानीय अर्थतन्त्रमा दिएको योगदान गणना गर्ने हो भने त्यसको मात्रा समेत ठूलो देखिने उनको भनाइ छ ।

रिबन काट्न मन्त्री र सांसदलाई भ्याइ नभ्याइ

देशभरि आयोजना भइरहेका विभिन्न स्तरका मेला–महोत्सवले मन्त्रीहरूको समेत व्यस्तता बढाएको छ ।

गत मंसिर तेस्रो साता धनगढीमा आयोजना गरिएको ‘सुदूरपश्चिम महोत्सव’ उद्घाटनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दोमादर भण्डारी पुगेका थिए । बुटवल औद्योगिक व्यापार मेला उद्घाटनमा भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पुगेका थिए ।

भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा पाँच दिने ‘राष्ट्रिय रैथाने खाना महोत्सव’ उद्घाटनमा भने बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिँह लामा पुगेका थिए । मेला–महोत्सव उद्घाटनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिँह सबैभन्दा धेरै व्यस्त देखिन्छन् ।

सौराहामा आयोजित हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गरेका उनी मध्यपुर महोत्सवको रिबन काट्न समेत पुगेका थिए ।

पोखरा भदौरेमा आयोजित ‘भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेला’ समापनमा समेत उनी पुगेका थिए । पश्चिम नवलपरासी बर्दघाटमा आयोजित ‘आठौं बर्दघाट महोत्सव २०८१’ उद्घाटनमा भने उद्योगपति तथा सांसद विनोद चौधरी पुगेका थिए । ड्रगन बोट रेस फेस्टिभल उद्घाटनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सहभागी भए ।

व्यस्त कलाकार–मनग्ये आम्दानी

स्थानीय स्तरमा आयोजित मेला–महोत्सवले एकाएक कलाकारको व्यस्तता बढाइदिन्छ । हरेकजसो मेला–महोत्सवमा स्थानीय स्तरका कलाकारदेखि नाम चलेका कलाकार समेत सहभागी भएका छन् ।

यसले उनीहरूको आम्दानीमा समेत ठूलो योगदान गरेको देखिन्छ । अहिले सबैजसो नाम चलेका कलाकार मेला–महोत्सवका लागि जिल्ला दौडाहामा रहेको पाइन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM