२०८२ माघ २८ गते, बुधबार ०९:३२

२६ वर्षपछि मध्यपुर महोत्सव (तस्वीरहरू)

१४ पुस, काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ आज सकिएको छ । महोत्सवको अन्तिम दिन शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखाबजारसम्म अवलोकन गर्न आउनेको भीड लागेको थियो ।

योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिन्थ्यो । महोत्सवमा आउनेहरूको आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो।

अवलोकनका लागि सांसद, नगरपालिकाका प्रमुख, विभिन्न दलका नेता तथा जनप्रतिनिधिलगायत आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति थियो।

महोत्सव हेर्न आएका अवलोकनकर्ताको भीड र उत्साहले पर्यटन प्रवर्द्धनमा सकारात्मक उर्जा थपेको बताउँदै यसले यहाँका धार्मिक तथा ऐतिहासिक सम्पदा, कला र संस्कृतिको महत्वलाई दर्शाएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उल्लेख गरे ।

मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणाका साथ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने जनाउँदै उनले महोत्सवले यहाँको आर्थिक समृद्धि हासिल गर्न र पर्यटकीय गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘नगरमा दीर्घकालीन रूपमा आर्थिक समृद्धि हासिल गर्न, मध्यपुरको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउँदै स्थानीय मौलिकतालाई केन्द्रमा राखेर महोत्सव सञ्चालन गरिएको हो’, नगरप्रमुख श्रेष्ठले भने, ‘यसले स्थानीयको जीवनस्तर उकास्न टेवा पुर्‍याउनुका साथै नगरको दिगो विकासमा सहयोगी बन्नेछ।’

महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिने, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने उद्देश्य रहेको उनको भनाइ थियो ।

महोत्सव शङ्खधरचोकबाट सुरु भई विभिन्न कार्यक्रम र प्रदर्शनी गरिँदै बालकुमारी, चपाचो, नगदेश, बोडे, टिगनी, नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा गतिविधिसहित सञ्चालन भइरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन २६ वर्षपछि महोत्सव आयोजना गरेका हौँ। महोत्सवमा नगरभित्र पाँच सयभन्दा बढी स्टल छन्’, उनले भने, ‘स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेसा, परिकार र उत्पादनको प्रवर्द्धनलाई जोड दिएका छौँ।’

नगरप्रमुख श्रेष्ठका अनुसार एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाचका साथै माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटीपौवामा दाफाभजनलगायत कला, संस्कृति समावेश गरिाइएको थियो ।

थिमिमा २६ वटा सांस्कृतिक बाजागाजा, ५० पार्टीमा दाफाभजन, भगवान् गौतमबुद्धको अस्तुधातु, चपाचोको पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा राखिएको थियो ।

लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँचसय फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी (चिउरा)को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारलगायत सामग्री महोत्सवका मुख्य आकर्षणका रूपमा राखिएको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM