२०८२ माघ २८ गते, बुधबार ०८:५९

रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या, तीनजना पक्राउ

वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पुस ६ गते कारमा मृत भेटिएका राज कुमार रूम्बाको हत्यामा संलग्न तीनजनालाई आइतवार सार्वजनिक गरेको छ ।
रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् ।
महोत्तरी जिल्ला जलेश्वर नपा ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जिल्ला, जितपुरसिमरा उमनपा वडा नं.१९ घर भई हाल वडा नं १ मा जय माँ इन्जिनियरिङ वर्कसप सञ्चालन गर्ने वर्ष २७ को पुरूषोत्तम कुमार दास, सोही ठाउँका वर्ष २० को ईन्द्रजित कुमार चौहानलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पुस ६ गते विहान ०९ः१५ बजे जितपुर सिमरा उ.म.न.पा. वडा नं.११ बकुलियादेखि रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार चालक बस्ने सिटमा राजकुमार रुम्बा मृत अवस्थामा भेटिएको थियो ।
जीतपुरसिमरा–१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी रहेर विमान स्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राज कुमार रूम्बाको पोष्टमार्टम रिपोर्ट अनुसार टाउकोबाट गोलीको एउटा बुलेट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा तीनजनालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय सिमराबाराबाट भइरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रहरीले मृतकले घाटीमा लगाएको एउटा सुनको सिक्री पुरूषोत्तम कुमार दासको वर्कसपमा काम गर्दै गरेको अवस्थामा जिन्स पाईन्टको खल्तीबाट बरामद गरेको तथा मृतक रूम्बाको एउटा पर्स पनि बरामद भएको प्रहरीले जनाएको छ । संकित व्यक्तिहरूबाट प्रहरीले छ वटा मोबाइल र दासले प्रयोग गर्ने ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM