२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:४४

नवलपुर भेँडाबारीको गौचरनमा तोरी खेती, सिँचाइ सुविधा पुगेपछि पहिचान फेरिँदै  

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान बिस्तारै फेरिँदै गएको छ ।

केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो ।

पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिको प्रयासले बिस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पुर्याउन बोरिङ गाड्ने र सिँचाइको कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धान जोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुई खेती धान फल्ने वातावरण सिर्जना गरिएको उहाँले बताउनुभयो । 

“धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “कृषकहरूलाई करिब चार सय बिघामा तोरी खेती गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छौँ ।” नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बीउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उहाँले बताउनुभयो । 

भेँडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झुल्दै आएको अधिकारीले बताउनुभयो । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उहाँले उल्लेख गर्नुभयो ।

भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । “हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बीउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरी खेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।” 

तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा सघाउने नगरप्रमुख अधिकारीले बताउनुभयो । यहाँ उत्पादन हुने खाद्यान्न सामग्री बिक्री वितरणका लागि समस्या नभएको भन्दै पालिकाभित्रै ठूला मिलहरूसँग समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो । 

गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भँेडाबारीमा तोरी खेती थोरै मात्रामा हुने गरेकामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि खेती विस्तार हुँदै गएको बताउनुभयो । “केही किसानले लगाउने सबै तेरी खेतीमा लाई कीरा लागेर उत्पादन नहुने अवस्था थियो”, उहाँले भन्नुभयो, “भेँडाबारी फाँटमा हिउँदको समयमा पानी हुँदैनथ्यो । अहिले सिँचाइ पुगेपछि हिउँदमा पनि फाँट हराभरा भएको छ ।” 

स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की बनाउने र थप्ने, कुलोको छेउमा बाटो, बत्ती र पानी पुर्‍याउने योजनामा पालिकासँग समन्वय गरी अघि बढिएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । 

गैँडाकोट–११ की कृषक चन्द्रकला महतोले दुई सय ५० किसानले चार सय बिघा क्षेत्रफलमा तोरी खेती गरेका बताउनुभयो । पहिला स्थानीय प्रजातिको तोरी खेती गरिने गरिएकामा नगरपालिकाको ५० प्रतिशत अनुदानमा ‘मोरङ–२’ र ‘उन्नत’ जातका बीउ दिएपछि त्यसकै खेती गरिएको उहाँको भनाइ छ ।

केही वर्षदेखि यहाँ तीन खेती अन्न उब्जनी हुने गरेको उल्लेख गर्दै महतोले किसानलाई फाइदा हुँदा खेती गर्ने क्षेत्रफल र किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । तोरीको उत्पादन राम्रो भएकाले व्यावसायिक तोरी खेतीतर्फ आफूहरू आकर्षित भएको उहाँको भनाइ छ । 

उत्पादन भएको अन्नबालीको बजारीकरणमा नगरपालिका र वडा कार्यालयले समन्वय गरिरहेकाले समस्या नभएको भन्दै कृषक समूहले बिक्रीको प्रबन्ध गरिदिने महतोले बताउनुभयो । बालीमा दिइने अनुदानका कार्यक्रमले किसानलाई खेतीतर्फ प्रोत्साहन गरिरहेको उहाँले अनुदान कार्यक्रमलाई बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

यसवर्ष गैँडाकोट नगरपालिकाको भेँडाबारी ब्लकमा चार सय बिघासँगै पालिकाभित्र करिब दुई हजार बिघा क्षेत्रफलमा तोरी खेती गरिएको छ । पालिकाले यस वर्ष चार सय बिघा क्षेत्रफलमा तोरीको बिउमा अनुदान दिएको छ । गैँडाकोट–११ लाई केन्द्रमा राखेर १२, १४ र १५ लाई पनि समेट्दै खेती विस्तार गर्ने तयारी गरिएको पालिका कार्यालयले जनाएको छ ।  रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM