२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:२०

अवधि भाषामा अनुवाद गरिएको नेपालको संविधान कानुन मन्त्रालयलाई हस्तान्तरण




नेपालगञ्ज । अवधि भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । डुडुवा गाउँपालिका बाँकेको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले संविधानलाई स्थानीय अवधि भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको छ । प्रकाशित प्रति  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानुनकर्मी सन्तोष रेग्मीले प्रदान गर्नुभएको छ ।

मन्त्रालयमा एक समारोहका बीच आइएचआरसीका सल्लाहकार रेग्मीले संविधान प्रकाशनबारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधि संविधान हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधि भाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधि भाषीलाई संविधान पढ्न आग्रह गर्नुभयो । उहाँले सरकारले गर्ने कामलाई सहयोग गरेको भन्दै कानुनलाई स्थानीयकरण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

यसैबीच प्रकाशित अवधि संविधानलाई भाषा आयोगमा पनि पठाइएको छ । भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा संविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन समेत दिएको छ । आइएचआरसी संस्थाले अवधि संविधानलाई समुदायमा निःशुल्क रुपमा वितरण गरिरहेको छ । आगामी दिनमा अन्य कानुनलाई अनुवाद गरी प्रकाशनको तयारी गरेको संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM