२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:५१

दुर्घटनाग्रस्त पानी जहाजभित्र २२ टन सुनचाँदी, भेट्याउने मान्छे बन्नेछ विश्वकै धनी

एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा जहाज डुबेका छन् । ती जहाजमा बहुमूल्य खजाना भरिएको उनको जिकिर छ । त्यसमध्ये एउटा जहाजमा कम्तिमा पनि २२ टन सुनचाँदी हुनसक्छ । मोन्टिरोका अनुसार सो खजाना जसले प्राप्त गर्नसक्छ ऊ नै संसारको सबैभन्दा धनी व्यक्ति बन्न सकछ।

सन् १५८९ मा लिस्बनको दक्षिणी क्षेत्रमा एउटा स्पेनी ग्यालियोन जहाज ट्रोजन प्रायःद्वीप नजिकै डुबेको थियो । सो पानी जहाज डुबेको क्षेत्र खासमा नोसा सेनहोरा डो रोजारिया समुद्री इलाकामा भएको उनको दाबी छ । सो जहाजमा २२ टन सुन तथा चाँदी भएको विश्वास छ ।

आसपासमा डुबेका छन् ८ हजार ६२० जहाज

मोन्टिरोले एउटा विशेष खालको डेटाबेस तयार पारेका छन् । उक्त डेटाबेसमा मदीरा, अजोर्स तथा देशका अन्य इलाकामा कहाँकहाँ खजाना भरिएका जहाज डुबेका हुन् भन्ने तथ्य समावेश छ । ती सबै जहाज १६औं शताब्दीदेखि अहिलेसम्म डुबेका हुन् । पोर्चुगलको आसपासको समुद्रमा डुबेका जहाजको संख्या करिब ८६२० वटा छ ।

खजानाको समुद्री सुरक्षा आवश्यक

पोर्चुगलका अन्य पुरातत्वविद्हरुका अनुसार खजाना लुटेराहरुले ती जहाजमा रहेका बहुमूल्य खजानाहरु पानी भित्रभित्रैबाट चोर्न सक्दछन् । उनीहरुलाई कसैले रोक्न सक्दैन । त्यसैले त्यसरी बहुमूल्य वस्तुसहित डुबेका जहाजहरुको खोज अनुसन्धान हुनु र उनीहरुको सामुद्रिक संरक्षण हुनु आवश्यक छ । त्यसरी सुरक्षित राखिएपछि मात्र ती जहाजका भग्नावशेषमा रहेका भनिएका खजाना निकाल्न सकिनेछ ।

वास्तवमा पोर्चुगल इतिहासकालमा विश्वको सबैभन्दा ठूलो औपनिवेशिक राज्य रह्यो । यसले दक्षिण अमेरिका, अफ्रिकादेखि इस्ट इण्डिया सम्ममा उपनिवेश कायम गर्‍यो । १५औंदेखि १७औं सताब्दीको बीचमा दुनियाँमा पोर्चुगलको दबदबा थियो । जब पोर्चुगलको उपनिवेश समाप्त भयो तब यो ब्राजिल, एंगोला, मोजाम्बिक तथा अन्य स्वतन्त्र देशहरुमा परिणत भयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM