२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:१४

रुकुमपूर्वमा उत्पादित किवीले बजार पाएन

१४ पुस, रुकुमपूर्व । रुकुमपूर्वमा व्यवसायिक रुपमा गरेको किवी खेतीबाट राम्रो उत्पादन भइरहे पनि बजार नपाएको गुनासो किसानहरुले गरेका छन् ।

जिल्लामा तीन गाउँपालिका रहेको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश ठाउँमा किवी खेती गरिएको छ । लटरम्म फलेका किवीले बजार भने नपाएको किसानहरु बताउँछन् ।

भूमे गाउँपालिका–५ दालिबाङका मोहनसिंह पुनले ३ वर्ष पहिले मकै खेती मासेर १५ रोपनी जग्गामा किवी खेती सुरु गरेको र उत्पादन राम्रो भइरहे पनि बजार नपाएको बताए ।

‘विभिन्न किताब र युट्युब च्यानलबाट किवी खेती गर्ने तरिकाबारे जानकारी लिएँ । धेरै ठाउँमा पुगेर किवी फर्मको पनि अवलोकन गरेर परीक्षणको रुपमा सुरुको वर्षमा लगाएको बोटले राम्रै फल दिन थाल्यो,’ उनले भने, ‘पछि करिब १० लाख लगानी गरेर व्यवसायिक रुपमा किवी खेती गरियो । उत्पादन राम्रो भइरहेको छ, तर बिक्री हुँदैन ।’ करिब १५ रोपनी जग्गामा उत्पाखित किवीले बजार नपाउँदा नोक्सानी व्यहोर्नु परिराखेको उनको भनाइ छ ।

‘गत वर्षको भन्दा यस वर्ष दोब्बर बढी किवी उत्पादन भएको छ । तर बिक्री गर्न समस्या छ,’ उनले भने, ‘बजार अभाव र मूल्य नपाउँदा साह्रै समस्या भयो ।’

रुकुमपूर्वमा सानो बजार तर उत्पादन धेरै भएपछि जिल्लामा किवी बिक्री गर्न समस्या भएको भूमे गाउँपालिका–५ का अर्का किसान मिनबहादुर बुढा बताउँछन् । ‘रुकुमपूर्व दुर्गम जिल्ला हो । ढुवानीमा समस्या छ । त्यसैले काठमाडौं, पोखरा जस्ता ठूला बजारतिर बिक्रीका लागि लैजान कठिन छ,’ उनी भन्छन्, ‘किवी बिक्रीको प्रबन्ध गरिदिए हुन्थ्यो ।’

रुकुम पूर्वमा १४ हेक्टर क्षेत्रमा किवी खेती भएको छ । रुकुमपूर्वका भूमे गाउँपालिकामा ५ हेक्टर, पुथाउत्तरगंगा गाउँपालिकामा ३ र सिस्ने गाउँपालिकामा २ हेक्टर जमिनमा लगाइएको किवीले अहिले उत्पादन दिइरहेका छन् । त्यहाँबाट करिब ९९ मेट्रिक टन किवी उत्पादन भएको एकीकृत पशुपक्षी विकास कार्यालय रुकुमपूर्वको तथ्यांक छ ।

तर जिल्लामा उत्पादित किवीले बजार नपाउँदा आफूहरु पनि दुःखी भएको कार्यालय प्रमुख डिल्लीराज पौडेल बताउँछन् । ‘कृषि उपज बिक्रीका लागि किसानले नै ग्राहक खोज्नुपर्ने अवस्था छ,’ पौडेल भन्छन्, ‘यद्यपि कार्यालयले अन्य जिल्लाका बजारसँग यहाँका उपज खरिद, बिक्रीका लागि सहजीकरण गर्ने प्रयास गरिरहेको छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM