२०८३ जेष्ठ २३ गते, शनिबार १९:५४

मन्त्री पाण्डेले गरे नेपालगञ्जमा निर्माणाधीन विमानस्थलको निरीक्षण

१३ पुस, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगञ्जमा निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन् ।

शनिबार अछामको कलमबजारमा रहेको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगञ्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत निरीक्षण गरेका हुन् ।

तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवन २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य छ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एन्ड कम्पनीले २०७९ माघदेखि निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिए ।

मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM