२०८३ जेष्ठ २३ गते, शनिबार १८:५९

आलु खेतीलाई व्यावसायिक बनाउँदै डुडुवाका किसान




बाँके । बाँकेको डुडुवा गाउँपालिका–६, हिरमिनियाका किसानले पुर्ख्यौली पेशा आलु खेतीलाई निरन्तरता दिँदै व्यावसायिक रूप दिएका छन्। करिब ५०० परिवार आलु खेतीमा संलग्न छन्, जहाँ करिब १५० हेक्टर जमिनमा खेती भइरहेको छ।

हिरमिनियामा मुख्यतः दुई प्रकारका आलु—तरकारीका लागि र बिउँ आलु—उत्पादन हुन्छन्। यहाँ प्रायः कारडिनल जातको आलु लगाइन्छ। आलु करिब १०० देखि १२० दिनमा तयार हुने गर्दछ, जसको मुख्य बजार नेपालगञ्ज हो।

तर, यो वर्ष कार्तिकको दोस्रो सातामा परेको बेमौसमी वर्षाले किसानको पहिलोपटक लगाएको आलु खेती सखाप पारेको थियो। डुडुवाका किसान बिनोद कुमार मौर्यले ऋण धन गरेर दोस्रोपटक आलु रोप्नुपरेको बताए। किसान जयपाल मौर्यले बेमौसमी प्राकृतिक विपत्तिले उत्पादन घट्दा गाउँपालिकाबाट पूर्ण राहत नपाएको गुनासो गरेका छन् ।

डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशिलकुमार शर्माका अनुसार किसानलाई राहतका लागि बिउ बिजन, किटनाशक औषधि, र बोराको सुविधा उपलब्ध गराइएको छ। तीनै तहका सरकारबाट केही सहयोग भइरहेको दाबी उहाँले गर्नुभयो।

हिरमिनियामा वार्षिक करिब ३६ हजार मेट्रिक टन आलु उत्पादन हुने गर्दछ। उत्पादित आलुमध्ये ७० प्रतिशत बिउँका रूपमा प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुन्छ भने ३० प्रतिशत आलु तरकारीका रूपमा प्रतिकिलो २२ रुपैयाँमा बिक्री हुने गरेको छ। व्यापारी किसानका घरदैलोमै पुगेर आलु किन्ने प्रचलनले किसानलाई सहजता दिएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM