२०८३ जेष्ठ २३ गते, शनिबार २०:१३

स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँ : मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घर आँगनबाट स्तरीय स्वास्थ्य सेवा दिने गरी काम गरिरहेको बताउनुभएको छ । 

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उहाँले अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।

नागरिकको आवश्यकता बढी हुनुका साथै सीमित स्रोत र साधनको परिचालन गरेर काम गर्दा सबैतिर एकै पटक विकास हुन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनताका स्वास्थ्यसम्बन्धी आवश्यकतालाई पहिलो प्रथामिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामीसँग स्रोत सीमित छ, जनताको आवश्यकता बढी छन्, यद्यपि प्रदेश सरकारले सबै क्षेत्रमा क्रमिक रूपमा काम गरिरहेको छ, नागरिक स्वस्थ रहनुपर्छ भन्ने मान्यताअनुसार स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, म मुख्यमन्त्री भएर आउँदा पाँच सय डायलायसिस गर्नुपर्ने बिरामी लाइनमा हुनेमा अहिले त्यो अवस्था शून्यमा झरेको छ ।”

मुख्यमन्त्री पाण्डेले अहिले राज्यको चुनौतीका रूपमा बसाइँसराइ रहेको भन्दै त्यसलाई रोक्नका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै गाउँमा गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगार र अन्य विकासका काम योजनाबद्ध रूपमा गरिरहेको बताउनुभयो । 

सबै युवालाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाउने उद्देश्यसहित स्वरोजगारमूलक सीप विकास गर्ने योजनामा प्रदेश सरकार रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । 

पछिल्लो समय विकास नै भएन भन्ने गलत भाष्य निर्माण भएको भन्दै २०४८ सालयता मुलुकमा पूर्वाधार विकाससहित स्वास्थ्य, शिक्षा, रोजगारलगायत क्षेत्रमा परिवर्तन आउँदै गएको उहाँले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM