२०८३ असार २६ गते, शुक्रबार ०५:१३

जाडोमा तराईका ग्रामीण क्षेत्रमा गुइँठाको प्रयोग बढ्दै




वीरगंज  । मध्य तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लाका ग्रामीण क्षेत्रहरूमा चिसो  बढेसँगै जाडो छल्नका लागि गोबर गुइँठाको  प्रयोग बढ्दै गएको छ । दिनदिनै बढ्दै गएको चिसोबाट बच्न तथा आगो ताप्न पुनः दाउरा तथा गोबर गुइँठाको प्रयोग बढ्दै गएको हो । 

ग्रामीण भेगका गरिब तथा न्यून आय भएका स्थानीय बासिन्दाले खाना पकाउनका लागि चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा गोबर गुइँठाको प्रयोग गर्दै आइरहेको भएपनि अन्य व्यक्तिहरूले भने अहिले आगो ताप्नका लागि गोबरको गुइँठा प्रयोग गर्ने गरेको पर्साको पोखरीया नगरपालिका रानीगन्जका हरेन्द्र साहले बताउनुभयो । 

ग्यासमा खाना पकाउँदै आइरहेका कतिपय महिलाले पनि अहिले जाडो छल्नका लागि दाउरा तथा गोबर गुइँठाको प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।

ग्रामीण बस्तीहरूमा सहज रूपले दाउरा पनि नपाउने गरेको तथा दाउरा पाए पनि चर्को मूल्य तिरेर खरिद गर्न समस्या हुने गरेकाले गुइँठाको प्रयोग गर्न प्र सर्वसाधारण बाध्य भएको पर्सा बहुदरमाई नगरपालिका निवासी श्याम किशोर गुप्ताले बताउनुभयो । 

गोबर गुइँठाले खाना पकाउने तथा जाडोमा आगो पनि ताप्न घुरसँगै गुँईठाको प्रयोग गर्ने क्रम बढ्दै गएपछि गाउँघरमा गोबरको गुइँठा बनाउने क्रम बढेर गएको पटेर्वासुगौलीका राजकुमार साहले बताउनुभयो । 

घरपालुवा गाई भैँसीको गोबरसँगै पराल तथा छ्यालीको प्रयोग गरी स्थानीय स्तरमा घरमै बनाइने गुँईठाको आगोको राप धेरै समयसम्म टिकाउ हुने र न्यानो समेत बढी हुने हुँदा जाडोमा तराई मधेसमा गुइँठाको प्रयोग बढ्दै गएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM