२०८३ असार २६ गते, शुक्रबार ०५:१२

आफ्नो एआई टूलका लागि छुट्टै एप लञ्च गर्दै एलन मस्क, च्याट जिपिटीसँग टक्कर

एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआईले निकट भविष्यमै आफ्नो एआई टूल ग्रोकका लागि एउटा छुट्टै एप ल्याउने भएको छ ।

रिपोर्ट अनुसार एक्स एआईको Grok एप अहिले परीक्षणको क्रममा छ र छिटै नै लञ्च हुनेछ । यद्यपि हालका लागि ग्रोकको केवल आइओएस बिटा भर्सन मात्रै परीक्षणमा छ । एन्ड्रोइड एपका बारेमा पनि केहीपनि जानकारी सार्वजनिक भएको छ । साथै एक्स एआईमा Aurora को पनि सपोर्ट प्राप्त हुनेछ, जसको सहयोगबाट प्रयोगकर्ताले एआई तस्वीर बनाउन सक्नेछन् ।

मिडिया रिपोर्ट अनुसार मस्कको लक्ष्य ग्रोक एआईलाई एउटा स्वतन्त्र प्रडक्टको रुपमा विकसित गर्नु हो। त्यसैले एक्स एआईले छिटै नै ग्रोकका लागि एउटा च्याटबट एप लन्च गर्ने सम्भावना छ । यो च्याटबट जस्तै हुनेछ ।

स्मरण रहोस् हाल ग्रोक एआई केवल एक्स प्लाटफर्मका माध्यमबाट मात्रै उपलब्ध छ र यसलाई एक्स प्रिमियम र प्रिमियम प्लस सब्सक्राइबरले मात्रै प्रयोग गर्न सक्दछन् ।

समाचार अनुसार एलन मस्कको उद्देश्य भएको ग्रोक एआई एप मार्फत् ओपन एआईको च्याट जिपिटी तथा गुगलको जेमिनीलाई टक्कर दिनु हो । उनी च्याट जिपिटीलाई सबै क्षेत्रमा आफ्ना प्रडक्ट तथा सेवामार्फत् एक ससक्त विकल्पको रुपमा उभ्याउन चाहन्छन् । तर, ग्रोकमा इमेज जेनेरेसन, भ्वाइस सपोर्ट, तथा एजेन्टिक एआई जस्ता फिचरको अभाव छ । यस्तो फिचर गुगल, ओपन एआई, एन्थ्रोपिक तथा माइक्रोसफ्ट जस्ता प्रतिस्पर्धी कम्पनीका एआई प्लाटफर्ममा पहिलेदेखि नै उपलब्ध छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM