२०८३ असार २६ गते, शुक्रबार १०:२३

बाजुराका उच्च लेकाली भेगमा हिमपात सुरु




बाजुरा । बाजुराको उच्च हिमाली क्षेत्रमा  यस वर्ष दोस्रो पटक हिमपात सुरु भएको छ । सोमबार साँझदेखि  सुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो ।

मङ्गलवार  बिहानसम्म जिल्लाको हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जम्न सुरु भैसकेको छ।

वर्षा सँगै हिमपात सुरु भएपछि स्थानीय कृषक भने बाली राम्रो हुने भन्दै उत्साहित भएका छन् भने चिसोले जनजीवन भने निकै प्रभावित भएको छ। हिमपातले गहुँ, जौ ,उवा र हिउँदे  तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन्। 

हिमपातले बडिमालिका नगरपालिका वडा नम्बर-७ मा अवस्थित रेडियो नेपालको कालाजग्रा रिले स्टेसन समेत प्रभावित भएको छ। अहिले रिले स्टेसन रहेको क्षेत्रमा हिमपात भए सँगै चिसो अत्यधिक मात्रामा बढेको छ। 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM