२०८३ असार २६ गते, शुक्रबार १४:२८

कांग्रेस सांसद केसीको प्रश्न : श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिदैन ?

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिदैन भन्ने प्रश्न गरेका छन्।

लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती सहकारीको रकम अनियमितामा जोडिएको उल्लेख गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘अत्यन्तै ठलो चिन्ता छ। श्रीमतीले गल्ती गर्दा भोलि श्रीमान् फस्ने हुन् कि हैन, कानुनले के भन्छ? मलाई चिन्ता छ,’ सांसद केसीले भने, ‘श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिदैन?’

उनले अगाडि भनेका छन्, ‘सभापतिको श्रीमतीको पक्राउ जारी भएको हो, सभापतिलाई हैन होला। सभापतिलाई यसमा मुछ्नु राम्रो हैन।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM