२०८३ असार २६ गते, शुक्रबार २१:५७

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले कानूनी उपचार खोज्ने

काठमाडौं । समीक्षा अधिकारी अहिलेकी ब्यस्त गायिका हुन् । मेला महोत्सवदेखि गीत रेकर्डिङलाई उनलाई भ्याइनभ्याइ छ । पछिल्ला केही हिट फिल्ममा समेत उनले स्वर दिएकी छन् ।

बेला-बेलामा गायिका अधिकारी आफूविरुद्धका लान्छनाविरुद्ध सामाजिक संजालमा आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन्छिन् । चाहे त्यो सांगीतिक प्रस्तुतिको क्रममा होस् या डिजिटल स्पेसमा, उनको आक्रोश सुनिन्छ, देखिन्छ ।

शनिबार बिहानै फेसबुकमा उनले एआईको दुरुपयोग गर्दै आफ्नो चरित्र हत्या हुने भिडियो भाइरल बनाइएको भन्दै आपत्ति जनाएकी छन् । यस्तो पोस्ट गर्नेविरुद्ध प्रहरी साइबर ब्युरो जाने चेतावनी समेत उनले दिएकी छन् ।

उनी लेख्छिन्, ‘एआई प्रयोग गरि मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखें । यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु (जसले भिडियो बनाए)को वर्तमान र भविष्य उज्जवल हुनेथियो । मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन । साइबर ब्युरो जाँदैछु ।’

उनले आइतबार कार्यालय समयमा साइबर ब्युरोमा भिडियो पोस्ट गर्ने व्यक्तिविरुद्ध उजुरी दिने बताइएको छ । समीक्षाको उक्त पोस्टमा कलाकार दीपकराज गिरी, गीतकार राजेन्द्र थापा लगायतले पोस्ट गर्नेविरुद्ध कानूनी उपचारमा अघि बढ्न आग्रह गरेका छन् । अन्य कलाकारले पनि समीक्षालाई साथ दिएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM