२०८३ असार २७ गते, शनिबार १४:०७

एचआईडीसीएलले ५ प्रतिशत नगद लाभांश दिने

३ पुस, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

एचआईडीसीएल सञ्चालक समितिको २६ मंसिरमा बसेको ३०४औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले हुन आउने १ अर्ब २८ करोड ९३ लाख ९० हजार २ सय २ रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले सरकारको पूर्वस्वीकृति लिएरमात्र लाभांश वितरण गर्ने सक्ने व्यवस्था भएकाले प्रस्तावित नगद लाभांश सरकारको स्वीकृति पछिमात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीको वार्षिक साधारणसभा २४ पुसमा हुने जनाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM