२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस गरिएको छ ।
छानबिन समितिले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।
उक्त प्रतिवेदनमा विभिन्न समयमा बाँडफाँट भएकाले कुन पदाधिकारीले बाँडेको हो त्यसको यकिन अख्तियार र सीआईबीबाट गर्न समितिले सिफारिस गरेको हो ।
‘कुन कुन पदाधिकारीले कुन कुन समयमा बाँडेको हो अख्तियार र सीआईबीले छानबिन गर्नुपर्छ भनेको छ । यसलाई उसलाई कारबाही गर्ने भनेको छैनौं । हाम्रो प्रारम्भिक छानबिन हो,’ समितिका सदस्य जानकीबल्लभ अधिकारीले भने ।
उनका अनुसार त्रिविको उपत्यका बाहिर पनि थप जग्गा खोजबिन गर्नुपर्ने छ ।











