Thursday, December 26, 2024
घरसमाचारदशकपछि ‘आस्था’को पुनरागमन तय, काठमाडौं र पोखरामा कन्सर्ट घोषणा

दशकपछि ‘आस्था’को पुनरागमन तय, काठमाडौं र पोखरामा कन्सर्ट घोषणा

नरेन लिम्बु (बायाँ) र सुदीप गुरुङ ।


काठमाडौं । पछिल्लो समय कुनैबेलाका हिट ब्याण्डहरूको धमाधम पुनरागमन हुन थालेको छ । लामो खडेरीलाई तोड्दै कन्दरा, कर्माजस्ता चर्चित ब्याण्ड यसै महिनादेखि फर्किए ।

सूचीमा थपिएको छ चर्चित पप ब्याण्ड- आस्था । विशिष्ट शैलीको गायनले कुनैबेला दर्शक तथा श्रोतामार्फत लोकप्रिय यो ब्याण्ड सदस्यहरु तितरबितर भएपछि अलमलिएको थियो । सुदीप गुरुङ बेलायत उडे भने नरेन लिम्बु काठमाडौंमा रहे ।

पछिल्लो एक दशक ‘आस्था’ गुमनामजस्तै थियो । अब भने ब्याण्ड जुर्मुराउने भएको छ । दशक लामो रिक्ततालाई तोड्दै आस्था पप पारखीमाझ फर्किने निश्चित भएको छ । ब्याण्डलाई पुनर्जीवन दिन सुदीप बेलायतदेखि काठमाडौंमा आउँदैछन् भने नरेन काठमाडौंमा गीतको तयारी गरिरहेका छन् ।

कमब्याक तयारीका लागि ब्याण्डले काठमाडौं र पोखरामा कन्सर्टको घोषणा गरेको छ । ब्याण्ड २४ डिसेम्बरमा पोखराको रोलिङ स्टोन रक बारमा गुञ्जिनेछ । काठमाडौंको एलओडी क्लबमा २८ डिसेम्बरमा ब्याण्डले प्रस्तुति दिने कार्यक्रम तय छ ।

ब्याण्डले अंग्रेजी नयाँवर्षमा नयाँ गीत ल्याउने तयारी गरिरहेको छ । भोकलिस्ट नरेनले अहिले गीतको कम्पोज भैरहेको बताए । उनका अनुसार गीत सार्वजनिक भएपछि ब्याण्ड अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका मुलुकमा टूरका लागि निस्कनेछ । हरपल, सफलता, आइ देऊ, अन्तिम माया, बिर्सना ब्याण्डका हिट गीतहरू हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -