२०८३ बैशाख ३१ गते, बिहीबार ०९:१२

२५ हजार घुससहित सई पक्राउ

काठमाडौँ । रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् ।

सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM