Saturday, December 7, 2024
घरक्राइम चेकसिन्सियर सेभिङको अवैध धन्दा, नियमनकारी निकाय खामबन्दीमै चुपचाप

सिन्सियर सेभिङको अवैध धन्दा, नियमनकारी निकाय खामबन्दीमै चुपचाप

काठमाडौं । वि.स . २०५७ साल मंसिर २९ गते सामान्य लगानीबाट स्थापित सिन्सियर सेभिङ एण्ड क्रेडिट कोपअरेटिभ लिमिटेडमा अहिले अबौं अवैध रकम जम्मा भएको छ ।बैंकर अनिलकेशरी शाहले पोखरामा रबि लामिछानेका विषयमा पत्रकार सम्मेलनमा सहकारीमा आएको लगानीका विषयमा छानविन गर्नुपर्ने बताएका थिए । बास्तवमा त्यही परिवेश सिन्सियर सहकारीमा छ ।

अहिले सिन्सियर सहकारीमा मारवाडी व्यापारी, राजनीतिक दलका नेता, बहालवला र सेवानिवृत प्रहरी अधिकृत, भन्सार, यातायात, मालपोतलगायत घुस लेनदेन हुने कार्यालयका सरकारी कर्मचारीहरु, निर्माण व्यवसायी, गुण्डागर्दीमा संलग्न डनहरुको रकम जम्मा गरिएको छ । तर, बैंकमा केवासी भर्नुपर्ने र १० लाख भन्दा माथिको रकम श्रोत खोल्नुपर्ने भएपनि सहकारीमा बेरोकतोक रकम जम्मा हुने गर्दछ ।

त्यहि रकम बिभिन्न नाममा चलखेल गरी सिन्सियर सहकारीका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी निर्देशक राजेश खड्काले सहकारी ऐनको धज्जी उडाएर अबौं रकम जम्मा गरेका छन् । उनीहरुको मिटर ब्याजी धन्दालाई सहकारीका नियमन निकायहरु खाम बुझेर सहिछाप गर्दै आएका छन् ।

कोही व्यक्ति ऋण लिन आवश्यक परी आउँदा उनले पहिल्यै सेवा शुल्कको नाममा दुई प्रतिशत काटेर लिने गरेका छन् । बाँकी १० प्रतिशत घुस नै खाने गरेको न्यूरोडका एक श्रेष्ठ थरका ब्यापारीले खुलासा गरेका छन् । तर, उनी कहाँ दुई वटा विवरण राख्ने काम हुँदैआएको छ । अडिट र साधारणसभामा एउटा र भित्री मिलेमतो गरी खाने अर्को गरी दुई थरी विवरण कम्प्युटरमा राखिने गरेको एकजना सदस्यले बताएका छन् । त्यसो त ऋण अधिकृत मिरा कर्माचार्यको पनि राम्रै भागशान्ति हिस्सा मिल्ने गरेको एक कर्मचारीले बताए ।

मिरा पनि सहकारीकै कामबाट अहिले करोडपति बनेकी छन् भने अध्यक्ष राजेन्द्र र कार्यकारी निर्देशक राजेश खड्का अर्बपति बनेका छन् । तथापि उनीहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सहकारी विभाग, प्रदेश सहकारी विभाग र महानगरको सहकारी विभाग कतैबाट पनि उनको सहकारी माथि नियमन गरिएको छैन ।

यो सहकारीबाट ऋण लिएर अहिले सयौं जना मान्छेहरु सडकमा आएका छन् । कम मूल्यमै धितो जवर्जस्त लिलाम गरिन्छ । कर्जा लिने समयमा पहिले नै खाली कागजमा सहिछाप गरी राख्ने र तीन किस्ता नतिर्ने बित्तिकै लिलामी गरिदिन्छन् । यस काममा मालपोतका कर्मचारीहरुले पनि सिन्सियर सहकारीबाट रसद पानी पाउने गरेका छन् ।

मालपोतका कतिपय सरकारी कागजात नै लउनको कार्यालयमा अवैध तरिकाले ल्याउने गरिन्छ । यसरी उनसँग ऋण लिएर काभ्रेपलाञ्चोका चेतेन्द्र पन्त, लोकेन्द्र पन्त, रोम पन्त, सोमहरि काफ्ले, केदार ढुंगानालगायत सयौं जना मानिसहरु काभ्रे जिल्लाबाट जायजेथा गुमाएर सुकुम्बासी बनाइएका छन् । तथापि मिटरब्याजी श्रेष्ठ र खड्काको धन्दा दिन दुगुना रात चौगुना बनिरहेको छ ।

अहिले अधिकांश सहकारीहरु संकटमा भए पनि सिन्सियर सहकारीमा भने करोडौं रकम दैनिक जम्मा हुने गर्दछ । राजस्व छल्ने ब्यापारी र घुस खाने कर्मचारीहरुले उनको सहकारीमा रकम जम्मा गर्दै आएका छन् । नेपाल फेस

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -