२०८३ बैशाख ३१ गते, बिहीबार १०:०३

पर्सा प्रहरीले अवैध सुनसहित पक्राउ गरेका जय प्रकाश सोनार को हुन् ?

वीरगंज/पर्सा प्रहरीले अवैध सुन सहित एक युवकलाई पक्राउ गरेको छ।

लामो समयदेखि सुनको अवैध ओसार पसार गरी अवैध कारोबार गर्दै आएका वीरगंज-१५ भेड़ियाही निवासी २८ वर्षीय जय प्रकाश सोनारलाई प्रहरीले अवैध सुन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरीले सोनारलाई मङ्गलवार दिउँसो पौने ४ बजेको समयमा वीरगंज -८ लिङ्क रोडस्थित सानिमा बैंक अगाडीबाट नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार शङ्कास्पद सोनार सवार ना.६२ प २७०५ नम्बरको नीलो एफजेड मोटरसाइकललाई शङ्काको आधारमा रोकेर खानतलासी गर्दा सुन जस्तो देखिने पहेँलो धातु फेला परेको थियो ।

सोनारले लगाएको कालो जिन्स पाइन्टको दायाँ खल्तीमा कागजले बेरेको अवस्थामा १ सय ७ ग्राम ८९ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातु फेला परेको डिएसपी लम्सालले बताए।

बरामद धातु परीक्षणका लागि पर्सा सुनचाँदी व्यवसायी सङ्घमा पठाइएको लम्सालले जानकारी दिए । सङ्घले उक्त धातु शुद्ध सुन रहेको पुष्टि गरेको उनको भनाइ छ ।

परीक्षणका अनुसार बरामद सुनको तौल एक सय ७ ग्राम ८९ मिली ग्राम रहेको र त्यसको बजार मूल्य १३ लाख ८८ हजार ४ सय ३६ रुपैयाँ रहेको डिएसपी लम्सालले बताए ।

पक्राउ परेका सोनारसँग सुन खरिद–बिक्री तथा ढुवानीसम्बन्धी कुनै कानुनी कागजात नभेटिएकोले उक्त सुन र त्यसको ढुवानीमा प्रयोग भएको मोटरसाइकल समेत बरामद गरी थप अनुसन्धान र कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

स्मरणरहोस् पक्राउ परेका जय प्रकाश मीना बजारमा आरोही ज्वेलर्स नामक फर्म संचालन गरेका विवादित व्यवसायी हुन्। उनले सुन व्यवसायीको आवरणमा अवैध कारोबार समेत गर्ने गरेको प्रतिष्ठित सुन व्यवसायीहरूबीच लामो समयदेखि चर्चा चल्दै आएको छ।

केहि समय अघि मात्र जय प्रकाश चोरीको गहना खरीद गरेको आरोपमा पक्राउ परेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM