२०८२ माघ २३ गते, शुक्रबार १६:४७

एक घण्टा रोकिएको खेल कसरी सम्भव भयो ?

१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत अन्तर्गत आइतबार राति भएको नेपाल र भारतबीचको खेल फिल्मको कथा भन्दा फरक थिएन । फुटबल खेलमा हुने सबै खालको मसला त्यो खेल थियो ।

तर दोस्रो हाफमा नेपाल र भारतबीचको खेल खास किन रोकियो? अनी एक घण्टा भन्दा रोकिएको खेल फेरि कसरी सुरु भयो र पूरा खेल सम्भव भयो भन्ने जिज्ञासा र उत्सुकता अझै मेटिएको छैन ।

नाटकिय, अन्योलपूर्ण, विवादित निर्णय, पेनाल्टी सुटआउटमा नेपालको जितपछि खेलको नतिजा त निस्कियो । भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले हराएर नेपाल फाइनल त पुग्यो । तर यस खेलको चर्चा भने अझै सेलाएको छैन ।

भारतले ७१औं मिनेटमा गोल गरेपछि उत्पन्न परिस्थितिका कारण खेल तनावपूर्ण बनेको थियो ।  । बालादेवीको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी संगीता बासफोरेले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारिन् ।

भारतका सबै खेलाडी आफ्नो हाफमा खुशी मनाउन थाले । भारततको हाफ र बेन्च एकैतर्फ थियो । त्यसैले सबै जम्मा भएर केही समय खुशी मनाइरहे । नेपालले भने छिटो बल चनाउन खोज्यो । भुटानी रेफ्री ओम चोकीले खेल सुरु भएको संकेत गरिन् ।

सावित्रा भण्डारीले सेन्टरबाट बल चलाउँदै अघि बढाइन् र प्रीति राईलाई पास दिइन् । प्रीतिले बल अघि बढाइरहेको देखपछि भारतीय किपर र खेलाडीहरु मैदानतर्फ गए । तर भारतीय खेलाडी पुग्नुअघि नै प्रीतिले गोल गरिन् ।

रेफ्रीले उक्त गोल भएको इशारा गरिन् । तर सहायक रेफ्री र फोर्थ अफिसियलले मान्यता नदिएपछि मुख्य रेफ्रीले पनि गोललाई मान्यता दिइनन् ।

नेपालले बल चलाउँदा भारतीय प्रशिक्षकसहित अफिसियल मैदानभित्र रहेको भन्दै नेपाललाई गोललाई मान्यता दिइएन । यस्तो अवस्थामा गोलले मान्यता पाउनुपर्ने थियो । तर रेफ्रीले गोल नदिएपछि नेपालले प्रतिवाद गरेको थियो । तर खेल सुरु नगरे खेल रद्ध हुने र भारतलाई विजेता बनाउने भनेपछि नेपालले खेल सुरु गर्‍यो ।

नेपाली खेलाडीले सेन्टरबाट फेरि बल चलाए । तर रंगशालमा उपस्थित हजारौं दर्शकले के मान्थे । रेफ्रीको निर्णयको विरोध गर्दै मैदानमा पानीका बोतल बर्षाउन थाले । जसले खेल फेरि रोकियो । नेपालको कोचिङ स्टाफ लगायत बेन्चमा रहेकाहरुले अपिसियलसँग वादविवाद गर्न थाले ।

खेलमा अवरोध भएपछि म्याच कमिस्नर भुटानका मिन्दु दोर्जी र रेफ्री रेसेस भारतकी मारिया रेबेवलो पनि मैदान छेउ पुगेर रेफ्रीहरुसँग सल्लाह गरे । यतिबेला सम्म अवस्था तनावग्रस्त बन्न थालिसकेको थियो ।

नेपाली टोली गोलमान्यता नदिए खेल नखेल्ने भन्ने अर्कोतर्फ भारतले नेपालले बल चलाइसकेकोले गोल रद्द हुनुपर्ने माग राख्यो ।

त्यहाँ कुरा मिलेन । रेफ्री, साफ र एन्फाका पदाधिकारीले पनि कुनै निर्णय लिन सकेनन् । कोही खेल्नुपर्छ भन्ने कोही खेल्नुहुँदैन भन्ने बहस चलिरह्यो ।

खेलपछि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई कारण देखाउँदै नेपालको गोललाई मान्यता नदिएको बताए । ‘पहिलो विपक्षी टिमको कोच लाइनभित्र छिरेको भनेर मान्यता पाएन भन्नुभयो । यो त कसरी हुन्छ र तपाईंले मान्यता दिइसक्नुभएको गोल निश्चित गोल भइसक्यो भनेर भन्यौँ । त्यसपछि छलफल हुँदाहँदै किपर गोलपोष्ट छाडेर यता आएको भनेर गोलको मान्यता भएन भन्नुभयो’, तामाङले खेलपछि भने ।

नेपालको एउटै माग थियो रेफ्रीले खेल चलाउन अनुमति दिएर गोल भएपछि त्यसले किन मान्यता पाएन ?

 कसरी फेरि सम्भव भयो खेल ?

खेलाडी, कोचिङ स्टाफ रेफ्री, रेफ्री, म्याच कमिस्नर एन्फा पदिधकारीहरु सबैको छलफलपछि एक घण्टा ८ मिनेटपछि खेल फेरि सुरु भयो ।

गोलले मान्यता नपाए नखेल्ने भनेर खेलाडीहरु खेल्न मानिरहेका थिएनन् । तर नेपाली राष्ट्रिय पुरुष पुटबल टिमका कप्तान किरणकुमार लिम्बु र पूर्वखेलाडी बिक्रम लामाले मैदानमा पुगेर खेलाडीहरुलाई सम्झाउँदै खेल फेरि सुरु हुने वातावरण बन्यो । यसबारे सावित्रा भण्डारीले खेलपछि पोष्टम्याच कन्फेरेन्समा पनि बोलेकी थिइन् ।

‘त्यो बेला किरण दाईहरु आएर १-० डाउन छ । अझै ३५ मिनेट बाँकी छ । यति धेरै दर्शक छन् । पहिलो पटक महिला फुटबलमा यति धेरै दर्शक आएर माया गरेका छन् भनेर भन्नुभयो । अब कसरी देखाउने तिमीहरुको हातमा छ भनेपछि खेल सुरु हुनुअघि मैले खेलाडीलाई सम्झाएँ । खेलाडीले त्यसलाई सहजै ग्रहण गरेर र त्यो कुरा रिले हुँदा सबैको हातमा काँडा उम्रियो’, सावित्राले भनेकी थिइन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार नेपालले खेल्न नमाने खेल नै रद्द गर्ने, कारबाही गर्ने जस्ता कुराहरु उठेपछि नेपाली टोली अन्तिममा खेल्न तयार भएको थियो । ‘अन्तिममा खेल नै अबान्डन्ड गर्ने, कारबाही गर्ने, फाइन तिराउनेलगायत कुरा भयो । अब फाइन तिराउनुपर्छ, सस्पेन्स गराउनुपर्छ भन्ने भयो । त्यसपछि अन्तिममा खेलाउने भन्ने कुरा भयो’, प्रशिक्षक तामाङले भने ।

एक घण्टा भन्दा बढी समय रोकिएर खेल पुन: सुरु भयो । रेफ्रीले ६३ औं मिनेटबाट खेल अघि बढाइन् । अफिसियल म्याच रिपोर्ट अनुसार संगीताको गोल टाइमिङ ६२ औं मिनेट रह्यो । खेल फेरि सुरु भएलगत्तै नेपालका लागि सावित्राले बराबरी गोल फर्काइन् । रिपोर्टमा सावित्राको गोल टाइमिङ ६६ औं मिनेट उल्लेख छ ।

त्यसपछि खेल सामान्य रुपमै अघि बढ्यो । खेलाडीहरुले पनि अनुशासित भएर खेलेको प्रशिक्षक राजेन्द्र तामाङले बताए । एक खेलाडी कम भएपनि १८ हजार बढी दर्शकको साथ पाएको नेपालले गोल फर्कायो । नेपालले गोल गरेपछि भारतलाई घाटा भयो । हजारौँ दर्शकको अघि भारतलाई खेल्ने बानी थिएन । नेपाललाई दर्शकको साथ फाइदा भयो ।

खेल नेपालले जित्यो । तर यो खेलको माहोल भने अझै सेलाएको छैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM