२०८३ बैशाख ३१ गते, बिहीबार १२:३५

धारिलो हत्यारा प्रहार गरी एकको हत्या, तीन पक्राउ

वीरगंज/बाराको महागढीमाई नगरपालिकामा धारिलो हतियार प्रहार गरी शनिबार राति एक जनाको हत्या भएको छ।

हतियार प्रहार गरी महागढीमाई नगरपालिका-१ सेमरा तेगछीया बस्ने ५० वर्षीय श्रीनारायण प्रसाद यादवको हत्या भएको प्रहरीले जनाएको छ।

राती आठ बजेको समयमा अज्ञात समूहले यादवलाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको थियो।

घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी बाराका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यादवमाथि हतियार प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको सापकोटाले बताए ।

अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेकाहरुको बारेमा प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM