२०८१ चैत्र २१ गते, बिहीबार ०२:१९

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

गरुडा मेयर कपमा गेडहीको जीत

प्रेमचन्द्र झा/

राैतहट । गरुडा नगर पालिकाद्वारा आयोजित मेयर कप २०८१ वडा नम्बर २ गेडहीका खेलाडी जित्न सफल भएका छन ।नगर स्तरमा भएको प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा बसबिटी जिगडिया क्रिकेट टिमले लिएको लक्ष्य पूरा गर्न नसक्दा गेडही विजयी भएको हो । गेडही क्रिकेट टिमले टस जितेर बैटिङ्ग गर्दा ९ विकेट गुमाई दुई सय १८ रनकाे टार्जेट दिएको थियो । बसबिटी जिगडिया सबै विकेट गुमाई मात्र १ सय तीस रन मात्र बनाएका थिए । जित सगै वडा नम्बर २ गेडहीका खेलाडीहरुले ट्रफि प्रमाणपत्र सहित ८१ हजार नगद पाएका छन ।

उप विजेता गरुडा नपा ८का खेलाडीले ट्रफि प्रमाणपत्र सहित ४१ हजार नगद पाएका छन । खेलमा ८१ बनाई मैन अफ दि मैच मनाेज सहनी भएका छन । , वेस्ट किपर मैच अफ दि सिरिज धर्मेन्द्र साहलाई पुरस्कृत गरिएका छन । समापन कार्यक्रमका प्रमुख अतिथि गरुडा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले खेलाडीलाई मेडल, ट्रफी , प्रमाण पत्र र नगद हस्तान्तरण गरेका थिए ।

युथ कल्व अफ राैतहटका अध्यक्ष पिन्टु शर्माकाे अध्यक्षतामा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त प्रतियोगिताको अशाेज २१ गते एक कार्यक्रम बिच मधेस सरकारका खेलकुद मन्त्री प्रदिप जयसवालले २० दिन आगाडी उदघाटन गरेका थियो ।

प्रतिक्रिया लेख्नुहोस्