२०८३ बैशाख ३१ गते, बिहीबार १३:२३

बाप नम्बरी-छोरा दश नम्बरी

वीरगंज/सफेदपोश ब्यापारीकोे आवरणमा देखिने जगदीश प्रसाद सिकारियाले मलखादकोे तस्करी गर्ने गरेको पाइएको छ।

पुरुषोत्तमलाल सिकारियाका तीन छोरा मध्ये दुई छोरा सुरेश अग्रवाल र रामजी सिकारिया नेपाली नागरिकता लिएर आफ्नो बिजनेस ब्यापार नेपालमा गरिरहेका छन् भने गोविन्द सिकारिया भारतीय नागरिककै हैसियतमा वीरगंजमा वर्षौंदेखि बसोबास गर्दै खुल्ला सिमानाकोे फाइदा उठाउँदै मलखादकोे तस्करीकोे साथै हुण्डीकोे कारोबार गर्दै आएका छन् ।

गोबिन्द सिकारियाका तीन भाई छोरा मध्ये दुई जना भारतीय नागरिक कै हैसियतमा भारतमा बस्दै आएका छन् तर कान्छो छोरा विष्णुले झुठो विवरण पेश गरी २०६३ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दाम चढाएर नागरीकता हासिल गरेको पाइएको छ।

भारतीय बाउकोे नक्कली नेपाली छोरा विष्णु सिकारिया पनि बाउ कै पदचिन्हमा हिँडेर अबैध धन्दामा संलग्न रहेकोले अनुसन्धान जारी छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM