२०८२ माघ २९ गते, बिहीबार २१:५२

वीरगंजमा गाईको बाच्छा काटेर मासु सेवन, कारवाहीकालागि स्थानीले प्रहरीमा दिए उजुरी

वीरगंज/वीरगंज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीय केहि व्याक्तिहरुले गाँउमा गाईको बाच्छा काटेर खानेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा उजुरी दिएका छन् ।

सुगौलीविर्ताका शीवशंकर प्रसाद , मुनिलाल कुमार राउत ,जयआशीष प्रसाद, सुमित कुमार पटेलल,परशुराम पटेल, प्रदुमन राम, मुकेश पटेल लगायतकाले सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका हुन् ।सुगौलीविर्ताकै समफु अन्सारी,जोखन अन्सारी,नसरुद्धिन अन्सारीसहित ४ जनाले सडकमा छाडा छाडिएका गाईका बाच्छा काटेर खाने गरेको भेटिएकाले उनिहरु विरुद्ध नेपालको कानुन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो ।

उक्त उजुरीमा भनिएको छ – सुगौललीविर्ता गाँउमा केहिदिन देखि सडकमा बेवारिसे ५ वटा बाच्छा थिए । तीमध्ये ३ वटा बाच्छा एकाएक गायब भएको र आइतबार साँझ आरोपितमध्येका नसरुद्धिनसहितका दुई जना व्याक्तिले एउटा बाच्छा समातेर आफनो घरतर्फ लैजााने क्रममा स्थानीयले देखेपछि होहल्ला गरेका थिए । त्यसपछि नसरुद्धिनसहितका दुई जना व्याक्ति बाच्ँछा छाडेर फरार भएका थिए । त्यसपछि स्थानीयले हराएका ३ वटा बाच्छाको बारेमा खोजी गर्ने क्रममा आइतबार नै साँझ एउटा बाच्छा आरोपित मध्येका समफु अन्सारीको घरमा जिउँदै भेटिएको थियो । यसबारेमा अन्सारीसंग सोधीखोजी गर्दा आरोपितहरुले गायब भनिएका बाच्छाहरु आँफुहरुले काटेर खाएको स्वीकारेका थिए ।

नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धर्ममा आमाको रुपमा मानिने गाईका बाच्छा काटेर खानेहरुलाई यथशीघ्र पक्राउ गरेर कानुन अनुसार कारबाही गर्नुपर्ने प्रहरीमा दिइएको उजुरीमा उल्लेखछ । उजुरी दिनेहरुले उजुरीपत्रमा उल्लेख व्यहोरा र घटना विवरण यदि झुठो ठहिरएमा कानुन अनुसारको कारबाही भोग्न आँफुहरुपनि तयार रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM