२०८३ बैशाख ३१ गते, बिहीबार १९:३६

सशस्त्र प्रहरीद्वारा कारसहित गाँजा बरामद (भिडियो सहित)

वीरगंज/सशस्त्र प्रहरी बल नेपालले एक सय ४५ किलो लागु औषध गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट अमरपट्टीबाट खटिएको मोबाईल गस्ती टोलीले पर्सा जिल्ला विन्दवासिनी गा.पा-३ ईटियाही चोकबाट लागु औषध गाँजा सहित कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताउनु भयो।

बा.१५ च. ७९५६ नम्बरको कारलाई मोबाइल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा कार चालक सहित २ जना व्यक्ति गाडी छाडी भागि गएको हुँदा उक्त कारलाई चेकजाँच गर्दा गाडीको सिटमुनी तथा डिकीभित्र लुकाई छिपाई राखेको अवस्थामा १५ पोकामा रहेको एक सय ४५ किलो प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रनाउ सिंहले बताए।

गाँजा सहित नियन्त्रणमा लिएको कार आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सप्रनाउ सिंहले जानकारी दिनु भयो ।

हेर्नुहोस् भिडियो 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM