२०८२ माघ २८ गते, बुधबार ०८:३१

प्रहरी प्रमुख विदा गएको मौका छोपी रौतहटबाट तस्करी लाइन

काठमाण्डौ/जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे विदा गएको मौका छोपी तस्करहरूले लाइन पाएका छन्।

प्राप्त जानकारी अनुसार रौतहटको मठिया नाकाबाट धनराज, मिश्रिलाल र संजय नाम गरेका तस्करहरूलाई चिनी, मल र कपड़ा तस्करी गरी ल्याउन लाइन दिईएको छ।

प्रहरी चौकी मठियाका इंचार्ज प्रहरी सहायक निरीक्षक प्रमोद यादवमार्फत डील भएपछि कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले तस्करीको लाइन दिएको स्रोतले दाबी गरेको छ।

तस्करीको लाइन पाए लगत्तै तस्करहरूले सो नाकाबाट मोटरसाईकलमा चिनी, मल र कपड़ाको गाँठ नेपाल भित्र्याई रहेका छन्।

प्रसनि यादवले जयनगर, बंकुल, मठिया, मोतीपुर लगायतका नाकाबाट भंसार राजस्व छली गरि तस्करी लाइन चलाउन तस्करहरूसँग समन्वय गरिदिएपछि तस्करहरूले उत्साहका साथ तस्करी गर्न थालेको बताईन्छ।

त्यस्तै बेलबिछवा, महादेवपट्टी, ब्राह्मपुरी लगायतको नाका पनि यतिखेर तस्करकालागि खुल्ला गरिएको स्थानीयहरूले बताएका छन्।

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहटकी निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीसँग टेलीफोन सम्पर्क गरि बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM