२०८२ माघ २८ गते, बुधबार ०९:२३

सुनचाँदी व्यवसायी संघमा अध्यक्ष भुलन सोनारको ताण्डव

वीरगंज/ पर्सा सुन चाँदी व्यवसायी संघका अध्यक्ष भुलन प्रसाद सोनारले पदीय दुरूपयोग गर्दै संस्थामा ताण्डव मच्चाएको व्यवसायीहरूले आरोप लगाएका छन्।

अध्यक्ष सोनारले विधान बमोजिम अधिवेशन नगरेर लामो समयदेखि संस्थालाई कब्जामा लिइरहेको गुनासोपछि पर्साका प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि मात्र अधिवेशन गर्ने मिति निर्धारण गरिएपनि अध्यक्ष भुलनले संस्थालाई फेरि पनि कब्जा गर्ने र एकलौटी तनाशाही चलाउने घृणित सोंचका साथ आफ्ना नजिकका व्यवसायीहरूको सदस्यता नविकरण गर्ने, चुनावको मुखमा अनैतिक तरीकाले नयाँ सदस्य थप्ने तर वर्षौंदेखि सदस्य रहेका व्यवसायीहरूमध्ये कसैको सदस्यता रद्द गर्ने, कसैको सदस्यता नै नविकरण नगरी ताण्डव मच्चाएका छन्।

सप्रमाण सदस्यता नविकरण गर्न जाँदा अध्यक्ष भुलनले सदस्य नरहेकोले सदस्यता नविकरण गर्न नमिल्ने भन्दै फिर्ता पठाउने गरेका कारण व्यवसायीहरू पीड़ित भएका छन्।

व्यवसायी संजय सर्राफको सदस्यता प्रमाण पत्र नविकरण सहित

यसैबीच सुनचाँदी व्यवसायी संजय कुमार सर्राफले आफू संचालक रहेको सुहाग श्री मन्दिर, सदस्यता नम्बर ९५, २०७७/०७८ देखि हालसम्म सदस्यता नविकरण रहेको सप्रमाण पेश गरेपनि अध्यक्ष भुलनले नविकरण नगरी फर्काई दिएका छन्। संजय कुमार सर्राफले यहि सदस्य संख्याबाट संस्थाको पछिल्लो अधिवेशनमा उम्मेदवारसमेत रहेका थिए, सोही सदस्यताको आधारमा संघबाट सुन समेत खरीद गरेका थिए तर अध्यक्ष भुलनले अधिवेशनको मुखमा सदस्यता नविकरण नगरेर तानाशाही व्यवहार प्रदर्शन गरेका आरोप छ।

प्रमाणहरू हुँदा हुँदै पनि सदस्यता नविकरण नगरी कुनै पनि पेशा, व्यवसाय, रोजगार गर्ने स्वतन्त्रता कुण्ठित हुने कार्य नगर्न जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागरले दिनु भएको निर्देशनपछि जय प्रकाश सर्राफ (जोड़ा बुलियन प्रालि) र लक्ष्मण प्रसाद साह (शुभम ज्वेलर्स)को सदस्यता नविकरण गरेपनि अन्य सदस्य व्यवसायीहरूलाई दुःख दिई प्रमुख जिल्ला अधिकारीको आदेशको धज्जी उड़ाई रहेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारीबाट पर्सा सुनचाँदी व्यवसायी संघको नाममा आएको आदेश।

यस सन्दर्भमा पर्सा सुनचाँदी व्यवसायी संघका पूर्व महासचिव प्रबेश सर्राफसँग बुझ्दा उनले अध्यक्ष भुलन सोनार हैकमवाजी र मनपरीबाट अधिकांश व्यवसायीहरू आजीत भएको बताए। प्रमुख जिल्ला अधिकारीको आदेश समेतलाई अटेरी गर्नु अध्यक्ष सोनारको अपराधी मनोबृत्ति रहेको पूर्व महासचिव सर्राफको भनाई थियो।

यस सन्दर्भमा अध्यक्ष भुलन सोनारसँग कुरा गर्दा उनले सदस्य नभएकोले नविकरण नगरिएको दाबी गरे।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM