२०८२ माघ २८ गते, बुधबार ०९:३०

बालेन, नेवा: सभ्यताको विचार हो

– प्रशान्त महासागर

आज काठमाडौ सहर भन्ने बित्तिकै नेपाली मानसपटलमा बालेन सिटि भन्ने बुझाई लगभग सबैको बनी सकेको छ । राम्रो काम आफ्नो नाम भने झै धनगढीलाई हमाल सहर भन्न थालेको छ । दुबै स्वतन्त्र दुबैले राम्रो गरे जनताले त्यो बुझे । तर आक्रोश पोख्ने काठमाडौमा रैथानेहरु छन् । तर जनताको नाता छैन् । तिनीहरू ग्राहक हुन् राज्यले बिभाजन गरेर लिएका राजनैतिक कार्यकर्ता हुन् जस्को कारण बालेन समर्थक जनतालाई झोले भन्ने गरेको पाईएको छ । र हामीले बिर्सिनु नहुने सत्य झोले बनाउने नेता चाहिएको हो । अन्धभक्त बनाउने गुलाम नीति, दासत्व स्विकार्न लगाउने नेताको कार्यकर्ता देश नेपालमा आवश्यक छैन् । नेता, चोर बन्न होईन् बालेन भने, मैले स्विकारें । म बालेनको झोले यसकारण कि म उसमा मेरा विचार देख्छु । बालेनलाई म विचार मान्छु । व्यक्ती कस्तो हो के हो त्यसको मलाई ज्ञान छैन् । म त्यताको खोजी नीति गर्दिन पनि ।

हिजो हामी रैथाने नै सतकय्(नयाँ सडकमा) जान हिडेर पुग्छौ । हिडेरै किनमेल गरि घुमघाम गर्छौं । येँ वनेगु अर्थात सहर जाने भन्दै प्राय: नेवा: सम्प्रदाय पुग्छन् । र आवश्यक बस्तु जोडजाम गर्ने थलोको रुप पनि मान्दै आएका थियौं । अचानक राणा शासनको बग्गी कुदाउन सडकको परिकल्पना गरिईयो । क्रुरता विरुद्ध बोल्न सक्ने आँट नहुँदा सडक बनिईयो । पछि गाडी गुडिईयो । पार्किङको विकल्प बाटो बुझिईयो । रोजिईयो । भौतिक विकासमा बाटोले स्थान पाईयो । तर जगेर्ना पनि एक हिसाबको विकास हो कोहिले कहिल्यै भनिएनन् । उल्टो पार्किङ राजनीतिले नेवा: सभ्यता पुन: विभाजनकै खेल खेले । राज्यको राजनीतिले सहशुल्क पार्किङ लिनुपर्छ दावी गरे । अफसोच म बालेनको झोले भएर हो कि बालेनले पार्किङ गर्न नपाईने भनिएको त्यो गाडी कुद्ने ठाउँ हो । त्यस्तै गाडीको लागि जति महत्व दिईयो हिड्नेलाई पनि सहज हुनुपर्छ भनिएको कुरालाई अतिरन्जित गरि रैथानेसँग सोधपुछ नगरिकन फुटपाथ बढाउन पाईदैन् प्रतिसोधको राजनीति रचे जुन रैथानेले प्रतिकार गरि बालेनलाई साथ दिनुपर्ने हो कतिले दिएनन् । जातीय कुरा पनि गरिन् । जबकी रैथाने हिडेर रम्ने बजार घुम्ने थलो न्युरोड हो । बालेनले जगेर्ना गर्नुपर्छ आफ्नो विचार राखे जुन रैथानेको पीडा थियो । त्यसमा राजनीति गरिईयो ।

टुकुचा खोला खुल्ला हुनुपर्छ । सफा स्वच्छ बग्नुपर्छ । रैथानेहरुको विचार थियो तर बोल्ने बोली थिएन् । बालेनले त्यसको सत्कार स्वरुप डोजर कुदाए । अदालतले त्यस्तो गर्न पाईदैन् खोला छोप्नुपर्छ त्यसमाथि बाटो हुनुपर्छ निजि जग्गा स्वरुप भोगचलन गर्न पाउनुपर्छ भन्दा बालेनले रैथानेको बोली विचार स्वरुप पस्किदा राजनीति कुरा मात्र गरे तर आम रैथानेको विचार भनेर कसैले स्विकारेनन् । रैथानेको उत्थानको लागि अझभनौं पितापुर्खा यस्तो यस्तो धरोहरसँग विश्वमा धनी हुन् भन्न खोजिएको यथार्थतालाई तैले भनेर हुन्छ र भन्नेहरू निस्किनु विकास व्यवस्थापन नभएको हो ।

सडक विभागले मनपरी गर्दा त्यस्तो गर्न पाईदैन् भन्दै एक टिपर फोहर डिभिजन कार्यलय अगाडि बालेनले खन्याउन पठाउनु समग्रमा जनताकै हितको लागि थियो रैथानेले बोल्न सकेन् । धोबी खोला लगायत अनेक अरु खोलाहरु सफा हुनुपर्छ सबै रैथानेको माग थियो तर कसैले त्यस विषयमा आफ्नो विचार खर्च गरेनन् । बालेनले रैथानेको मर्म बुझेर व्यवहारिक चरित्र चित्रण देखाए । त्यो रैथानेको समस्या सम्बोधन गरेको मानेको भए या बालेनको राम्रो काममा रैथानेहरु झोले बनेको भए केन्द्र सरकार त्रसित हुनेछ । घुडा टेक्ने थियो । आजसम्म फोहरको लागि फिल्डमै गएर त्यसको समाधान खोज्ने नगर प्रमुख को जन्मे ? बालेनले रैथानेको समस्यालाई आफ्नो माने । तर पनि उसले अंगिकृत मान्ने हाम्रो मानसिक रोगबाट विलय भएको छैन् । ललिता निवासको कुरा रैथानेले उठाउनुपर्ने हो । सुकुम्बासी समस्या रैथानेको हो । पानी सभ्यता नेवा: सभ्यताको आदिवासी जनजातीको जिवन्त संस्कार हो तर आज खोला कहाँ ब्रम्हनाल कहाँ छन् कोहि रैथानेलाई चिन्ताको विषय बनेको छैनन् । राज्यले लुटेका विषयहरुमा रैथानेहरु चनाखो हुनुपर्ने हो तर वास्ता छैन् । गिरिबन्धु के हो रैथाने सोध्नुपर्नेमा बालेनले सोधी रहे । तर नेवा: सम्प्रदायले खोटकै मात्र कुरा गरिरहे । नेवा: र गैरनेवा:को कुरा अगाडि सारिरहे जुन म गलत मान्दछु । नेपाली खेलाडी हौसला बुलन्द गर्न विभिन्न ठाउँमा साथ समर्थनमा जुटिरहे । नेवा:को लागि गर्नुपर्ने गरिरहे । फुटपाथ पसल हटाउदा गरिबलाई पर्ने मर्का बुझ्दा बुझै पनि त्यस्ता पसल विरुद्ध सशक्त कार्वाही लगायत गैर संरचना हटाउने लगायत भूमाफियाहरुलाई तह लगाउने काम यहाँका रैथालेहरुले गर्नुपर्ने बालेनले नेवा: सभ्यता अनुरुप गरिरहे । सिपमूलक तालिम दिए । रोजगारी सृजना गर्ने लगायत नगर प्रहरी आवश्यकता अनुरुप भर्ती गरिरहे ।

अन्तमा, बालेनले सोचेको गरेको र गर्न खोजेको नेवा: सभ्यताले चाहेको खोजेको र खोज्नुपर्ने सोच्नुपर्ने जगेर्ना विकास हो जुन नेवा: सभ्यताले गर्न सकिरहेको थिएन् । कुनै पद आसिन व्यक्ती सिद्धान्तको गुलाम रहेसम्म्म रैथाने शासक बनिए तापनी उसले माखो मार्न सक्दैनन् भन्ने कुरा यश अघिका सत्तासीन व्यक्तिहरुले देखाए । धरहरामा अवस्थित पसलहरुको बहाल २, २ हजार भन्दा माथि नउठ्नु वा पार्किङले करोड उठाउँदा पैसा कहाँ गयो राज्यसँग हिसाब नहुनु विकास थियो वा भ्रष्टाचार ? बालेन अघिको काठमाडौ सहर कस्तो थियो ? प्रश्नसँगै जवाफमा हामीले साथ बालेन ज्युलाई दिनैपर्छ । बालेनले काठमाडौ विकास सँस्कृती, प्रकृति र प्रविधिबाट गर्न खोजिरहेको हामी रैथाने बुझ्नुपर्छ । विकास तीन प्रकारले मात्र सम्भव छ त्यो बालेनले बुझेको छ । त्यो बुझाईमा रैथानेले साथ र सहयोग गर्ने हो भने केन्द्र सरकारले बालेनसँग त्रसित हुनेछन् त्यो भनेको यहाँको रैथानेसँग सधैं जसरी गुठी विधेयकमा झुकेका थिए त्यसरी झुकिरहेछन् । हामीले बालेनलाई साथ नदिनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हुनेछ भने कुनै कारणवश बालेन रैथाने विरुद्ध लागी परेको सट्टा उल्ट्याउने क्षमता हामीसँग छ नै । तर अहिले परिवेशमा स्कुलको जग्गाको बहाल खाने विरुद्ध, बालमन्दिरको जग्गा विरुद्ध सँगसँगै अन्य अन्य अरु अरु सत्यतामा जातीय विभेदको कुरा त्यागी यथार्थताको युद्ध लड्नु नै पर्छ । त्यसको नेतृत्व नेवा: सभ्यताले गर्न नसकेपनि नेवा: सभ्यताको लागि राष्ट्रको लागि अग्रसर हुने जो कोहिलाई पनि साथ दिनुपर्छ । बालेन, नेवा: सभ्यताको विचार हो । साँस्कृतिक पहिचानको धरोहर जगेर्ना विकास मान्ने व्यक्ती होईन् विचारै हो । अनुशरण गर्नु अन्धभक्त कार्यकर्ता हुनु होईन् । याद गर्नुस् काठमाडौ सहर अब हेर्दा लाग्छ रहर बनेको छ । हिजो सफाइ गर्न आनाकानी गर्ने कुचिकार जोरतोडका सफाइमा जुटेका छन् । गन्हाउने सहर अब सुहाउने बनेको छ । यो चाहना सम्पुर्ण रैथानेका हुन् । यसमा साथ र सहयोग सबैको हुनुपर्छ । बालेन हुनु स्वस्थ हुनु हो । बेदागको निरोगी सहर सबै रैथानेका सोच हुन् जस्को बोली र विचार बालेन बनेका हुन् । अन्यथा अर्थ लाग्न सक्छ तर छाती हात राखी सत्यतथ्य मान्न पनि सक्नुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM