२०८२ चैत्र २५ गते, बुधबार १४:१७

धरहरा निर्माण अन्तिम चरणमा, सञ्चालन ‘मोडालिटी’ अन्योलमै

फाइल तस्वीर

१७ साउन, काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पबाट ढलेको धरहरा नवनिर्माणको अन्तिम चरणमा छ । धरहरा निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको र आगामी असोज तेस्रो सातासम्म निर्माणको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।

सहरी विकास मन्त्रालय भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार २० असोजसम्म यो आयोजना निर्माणको अन्तिम म्याद हो ।

उक्त अवधिसम्म शतप्रतिशत निर्माण सक्ने लक्ष्यसाथ अहिले धमाधम काम भइरहेको उनी बताउँछन् । ‘भौतिक निर्माणको काम सम्पन्न भइसकेको छ,’ उनी भन्छन्, ‘अब विद्युतीय उपकरण र रङरोगनको काम जारी छ ।’

विद्युतीय उपकरण जडान अन्तर्गत समेत केबुल बिच्छ्याउने काम सकिएको र अब बल्ब (चिम) जडान गरी फिटिङ गर्न बाँकी रहेको उनले जानकारी दिए ।

उता, अन्तिम तहको रङरोगन, फायर फाइटिङ उपकरण तथा अन्य सुविधाजन्य उपकरण जोड्ने काम भइरहेको उनले बताए । जसमा एयर कन्डिसन (एसी), हिटिङ सिस्टम जस्ता उपकरण जडान पर्छन् ।

२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनर्निर्माण शिलान्यास तीन वर्षपछि १२ पुस २०७५ मा भएको थियो । त्यसको तीन वर्षपछि २०७८ मा आयोजनाको भौतिक संरचना आधा पनि नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटन भएको तीन वर्षपछि बल्ल धरहरा पूर्णरूपमा सञ्चालन चरणमा पुगेको हो ।

फाइल तस्वीर ।

धरहरा ११ वैशाख २०७८ मा उद्घाटन गरिएको थियो । यो आयोजनाको म्याद ६ पटकसम्म थप्नुपरेको छ । धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत अगाडि बढेको थियो । प्राधिकरणको अवधि समाप्त भएसँगै सहरी विकास मन्त्रालयबाट निर्माण अगाडि बढेको हो ।

अझै तय भएन सञ्चालन ‘मोडालिटी’

धरहरा निर्माण अन्तिम चरणमा पुगे पनि यसलाई सञ्चालनको ‘मोडालिटी’ भने अझै तय भइसकेको छैन ।

‘सर्वसाधारणको अवलोकनका लागि कहिलेबाट खोल्ने, शुल्क के हुने, सञ्चालन कसले गर्ने, कसरी गर्ने जस्ता विषय अझै टुंगिएको छैन,’ इन्जिनियर भट्टराईले भने ।

यसको मोडालिटी भने सरकारले तय गर्ने उनको भनाइ छ । अहिले धरहराको बेसमेन्टमा महानगरपालिकाको व्यवस्थापनमा अन्डरग्राउन्ड पार्किङ भने सञ्चालनमा छ ।

मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सञ्चालनमा रहेको अन्योलबारे अभिव्यक्ति दिएका थिए । साथै, उनले धरहराको स्वामित्व महानगरको नभएको भन्दै आलोचना समेत गरेका थिए ।

‘पार्किङ बनिसकेको छैन, निःशुल्क पार्किङ भनेको छ, सरकारले त्यत्रो पैसा खर्च गरेको, अलिकति शुल्क लिए त निर्माणको पैसा उठ्छ नि त !,’ सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए ।

फाइल तस्वीर ।

ओलीले धरहराको लिफ्ट खिया लागेर बसेको समेत बताए । ‘धरहराको टुप्पोबाट देखेको काठमाडौं साँच्चै मनमोहक देखिन्छ, अनि किन सञ्चालन नगर्ने ?,’ उनले कुन मन्त्रालयबाट कसरी सञ्चालन गर्ने हो, त्यसको कार्यविधि बनाउन समेत उनले निर्देशन दिए ।

उनको यो निर्देशनले निर्माणको अन्तिम चरणमा पुग्दासमेत धरहरा कसरी सञ्चालन गर्ने भन्नेमा रहेको अन्योल देखाउँछ ।

धरहरा पुनर्निर्माण जीआईईटीसी–रमण जेभीले गरिरहेको छ । धरहरा उद्घाटनकै समयमा सरकारले त्यसपछिको १० महिनामा सर्वसाधारणले चढ्न पाउने दाबी गरेको थियो ।

तर, धरहरा ढलेको साढे आठ वर्षमा पनि सर्वसाधारण चढ्न सक्ने गरी निर्माण हुन सकेको छैन । धरहरा उद्घाटन भएको समयमा तीन तले भूमिगत पार्किङ, भूकम्प र टक्सार सम्बन्धी संग्रहालय, फुडकोर्ट सहित युटिलिटी ब्लक, बगैंचा, सुन्धार सहित संरचना बनेका थिएनन् ।

धरहरा बनाउन ३ अर्ब ४९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सरकारले आयोजना निर्माण गर्न ‘म बनाउँछु मेरो धरहरा’ नामक अभियान चलाएको थियो । अभियानबाट २४ करोड हाराहारी उठेको थियो ।

फाइल तस्वीर ।

कस्तो बन्यो धरहरा ?

बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।

अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ । प्रशासनिक भवन र संग्रहालय समेत यहाँ बन्दैछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM