२०८२ माघ ७ गते, बुधबार ०८:१४

मलद्वारमा लुकाएर सुन तस्करी, मुख्य नाइके पक्राउ

काभ्रे। मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके काभ्रे महाभारत गाउँपालिका गोकुल घर भएका विकास योञ्जनलाई १० महिनापछि प्रहरी परिसर काठमाडौँको विशेष टोलीले पक्राउ गरेको छ । काठमाडौँको चुच्चेपाटीबाट उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

केही  समय उनी छिमेकी देश भारत गई लुकेको प्रहरीको आशंका छ । पछि नेपालका विभिन्न जिल्ला तथा स्थानमा अर्ध भूमिगत भई बसेका थिए । नेताहरुकै कारण आफू फसेको बताउने गरेका विकास योञ्जनलाई प्रहरीले विभिन्न स्थानमा खोजी गरिरहेको थियो । सुन तस्करी गरी ल्याउने गरेका उनले बनेपाका विभिन्न स्थानमा भूमिगत शैलीमा सुनलाई पगालेर विक्री गर्ने गरेका थिए । सुन ल्याउन र सुनको तस्करीमा लगानीका लागि विकासले नेताहरुको साथ र सहयोग लिएका थिए ।

विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट मलद्वारमा लुकाइ ल्याएको सुन बरामद  गरेको थियो । उक्त प्रकरण पछि काभ्रेपलाञ्चोक जिल्लामा खैलाबैला भएको थियो । सरकारले सुन तस्करको छानबिन गर्न आयोग गठन गरेको थियो । उक्त आयोगले पनि मलद्वारमा लुकाई तस्करी गरेको सुनका सन्दर्भमा प्रहरीको टोलीले थप अनुसन्धान गर्न सुझाव दिएको आयोगका एक सदस्यले बताए । विकास पक्राउ पर्नु र सरकार परिवर्तन हुनु एकै पटक भएको छ । उनी फरार सूचीमा थिए ।

नेपाली काँग्रेसका केही  नेताहरुको विशेष सहयोगीका रुपमा रहेका विकास योञ्जन तस्करीका मुख्य योजनाकार रहेको सुन प्रकरणको अनुसन्धानबाट पुष्टी भएको छ । विकास योञ्जन तत्कालीन अवस्थामा फरार रहे पनि उनले प्रयोग गर्ने सवारी साधन बरामद भएको थियो । उक्त सवारी साधनबाट नेताहरुले विकास योञ्जनलाई दिएका चेकहरु बरामद भएका छन् । भन्सारले उक्त चेक, आम्दानीको श्रोतका बारेमा अनुसन्धानका लाथि सम्पत्ति शुद्धीकरणलाई पठाएको छ । विमानस्थलमा सेटिङ्ग मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी हुँदै आएको अनुसन्धानबाट खुलेको छ । हप्ताको दुई केजीका दरले मासिक १० केजी सुन ल्याउने गरेको उक्त समूहले दुई वर्षको अवधिमा २ सय केजी भन्दा धेरै सुन ल्याएर विक्री गरेको बताइएको छ । तत्कालीन समयमा पक्राउ परेका तीन जना भरियाहरुले दिएको बयानका आधारमा योञ्जन सहित अन्य व्यक्तिहरूको संलग्नताका बारेमा अनुसन्धान भइरहेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका–३ हाल पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–५ साबिक शिसाखानी गाविस–३ घर भएका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ सानोपखेरा घर भई बनेपा ९ बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई २०८० भदौ २५ गते बिहान ९.२५ बजे दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यक्तिले भन्सार छली अवैध सुन लुकाइ–छिपाई ल्याएको भन्ने सूचनाका आधारमा काठमाडौँ जिल्ला प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा विमानस्थल बाहिर सार्वजनिक खण्ड पेटी किनारमा हिँड्दै गरेको अवस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सुन मलद्वारमा लुकाइ छिपाई ल्याएको अवस्थामा पक्राउ परेका बाबुलाललाई प्रहरी वृत्त गौशालामा लगी चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन फेला परेको थियो । सुन कुरेर बसेका अन्य दुई र उनीहरुले प्रयोग गरेका दुईवटा सवारी साधनलाई प्रहरीले काठमाडौं महानगरपालिका १५ ढल्कुस्थित विगमार्टको पार्किङबाट नियन्त्रणमा लिई भन्सार कार्यालय पठाएको थियो । पक्राउ परेका भरियाका साथबाट ९६० ग्राम सुनसहित वागमती प्रदेश ०१–२७ प.च. ९९६० नम्वर को क्रेटा गाडी र वागतमी प्रदेश ०२ ०३० प.८५१७ नम्वरको कालो रंगको बुलेट मोटरसाईकल, रेडमी कम्पनीको मोवाईल, पिए १६०८५३८ नम्वरको राहदानी बरामद गरेको थियो । केही  थान चेक बरामद भएका थिए । उक्त गाडी र मोटरसाईकल दुवै विकास योञ्जनले प्रयोग गर्ने गरेका थिए । उनका सवारी साधनहरु नेताहरुले पनि प्रयोग गर्दै आएका थिए ।

को हुन् विकास योञ्जन ? 

जिल्लाको विकट पालिका महाभारतको गोकुले २ सोकतेल घर भएका विकास योञ्जन सामान्य परिवारका ब्यक्ति हुन् । कुनै पेशा ब्यवसाय नभएका विकासका आलिसान महल, अरबौको सम्पती र सवारी साधन छन् । पटक–पटक अपहरण र दिउँसै मोटरसाईकल चोरी गर्दा गर्दै स्थानीयहरुले पक्राउ गरी प्रहरीलाई बुझाएर सजाय भोगेका विकास योञ्जनको पृष्ठभूमि आपराधिक थियो । काभ्रे, मकवानपुर तथा विभिन्न जिल्लामा भएका अपराधमा उनी संलग्न थिए । पछिल्लो समय उनी भीमफेदी कारागारबाट रिहा भई विदेश बसेर फर्किएका थिए ।

उनै विकास योञ्जनलाई कांग्रेसको जिल्ला नेतृत्वले तरुण दलको केन्द्रीय सदस्य बनाएको थियो । विकासलाई कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को ‘क’ प्रदेश सभाबाट समानुपातिक सांसदका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । विकास योञ्जन मार्फत महाभारत, खानीखोला लगायतका स्थानबाट धेरै युवाहरुलाई पटक–पटक विदेश पठाउँदै उनीहरुको मलद्वारमा सुन ल्याउन लगाउने गरेका थिए । सामान्य परिवारका ब्यक्तिहरु वर्षमा ८ पटक समेत पर्यटक भिसामा विदेश जाने आउने गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ ।

विकास योञ्जन बनेपा ९ मा बसोबास गर्दै आएका थिए । उनले मलद्वारमा ल्याउन लगाएको सुन बनेपामा ल्याएर  गाल्ने गरेका थिए । बनेपामा रहेको एउटा सुन गाल्ने पसलमा भारतीय मजदुरलाई त्यसको जिम्मेवारी दिएका थिए । सुन गाल्ने मेशिन स्वयम विकास योञ्जनको समूहले खरिद गरेर दिएको श्रोतको भनाइ छ । साताको दुई केजी सुन दुबईबाट नेपाल ल्याई नेपाल र भारतका विभिन्न स्थानमा पु¥याउने अभियानमा उनीहरूको समूह सक्रिय रहेको खुलेको छ ।

भन्सार विभागले यस अघि पक्राउ गरेका तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । ९०-९० लाख धरौटी माग भएकोमा पुनरावेदनबाट दुई जनालाई १०-१० लाख धरौटी माग गरिएको थियो । प्रहरी परिसरको विशेष टोलीले विकासलाई भन्सार बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM