Thursday, July 25, 2024
घरक्राइम चेकधारिलो हतियार प्रयाेग गरी एककाे हत्या, दुईजना गम्भीर घाइते

धारिलो हतियार प्रयाेग गरी एककाे हत्या, दुईजना गम्भीर घाइते

मोरङ/विराटनगरमा एकजना युवकको धारिलो हतियार प्रयाेग गरी हत्या भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्।

घाइत‍े हुनेहरूमा कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय रहेका छन्। दुवै जनाकाे नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएकाे भए पनि प्रहरीले भने अस्पताल पुर्‍याएपछि मात्रै घटनाकाे बारेमा थाहा पाएकाे थियाे।

जिल्ला प्रहरी कार्यालय, माेरङका अनुसार घटनाबारेमा अनुसन्धान भइरहेकाे छ।

घटनास्थलबाट एउटा मोबाइल बरामद भएकाे छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -